चितवन माडीमा सुख्खा पहिरो गई बनेको ताल फुट्यो

चितवन माडीमा सुख्खा पहिरो गई बनेको ताल फुट्यो

कपन अनलाइन

चितवन ,बैशाख ३०।

माडी नगरपालिका ७ स्थित परुई खोलाको सिरानमा सुख्खा पहिरो गई बनेको ताल आज फुटेको छ । गत पुस १ गते ठूलो सुख्खा पहिरोका कारण परुई खोलाको बहाव थुनिँदा करीब २० बिगाहा क्षेत्रफल सम्म तलाउ बनेको ताल आज बिहान करीब ११ बजे फुटेको हो ।

बर्षायाम सुरु नहुँदै सानो बर्षाकै कारण पानीको बहाव बढ्न गई आफै ताल फुट्दा परुई खोलामा अचानक ठूलो तर छोटो अबधिको बाढी आएको थियो । बाढीले परुई किनारमा रहेको चेपाङ बस्तीको माथिल्लो भागमा बाढी पसेको थियो ।

अचानक नसोचेको बाढीको सामना गर्नुपरेका चेपाङबासिहरुले घरभित्रका सामानहरु, बालबाच्चा र बस्तुभाउ जोगाउन दौडधुप गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।