रेम्डेसिभिर औषधि आवश्यक परे गर्नुस् यी नम्बरमा फोन गर्नुस :स्वास्थ्य मन्त्रालय
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ३०।
कोरोना भाइरस संक्रमितका लागि आवश्यक परे रेम्डेसिभिर औषधि मन्त्रालयले तोकिएका व्यक्तिसँग लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सम्बन्धित अस्पताल र चिकित्सकको प्रेस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचय पत्र खुल्ने गरी रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयन हेल्थकेयरमा सम्पर्क राख्न सकिने बताएका छन्।
मन्त्रालयका सूचनामा कुपण्डोलस्थित युनएनपार्कमा रहेको हेल्थकेयरका डा अबुल अन्सारीको ९८००५५५९१०, सुवासको ९८१०१९४४१६, विमलको ९८४१५०६३७० र कमलको ९८५११२४६३९ मा सम्पर्क गर्न सकिने भनिएको छ।
हेल्थ केयरबाट प्रतिरेम्डेसिभिर रु चार हजार ९०० मा पाइने मन्त्रालयले जनाएको छ।
तपाइँको प्रतिक्रिया ।