अन्यौल उपचार पद्धति,अनिश्चित खर्च, सेवकको राज अनि विद्रोह :अस्पताल परिसरमा जे देखियो !
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २५/ अमर प्रकास तिवारी
“पीडित तब विद्रोह गर्छिन” भित्र के भइरहेको छ हेर्ने या बुझ्न या अझै भनु भेट्न पनि पाइँदैन । जे बुझाउँछन त्यो बुझ्ने हो भने, जे भन्छ्न सुन्ने मात्र हो । चिटमा जे लेखिदिन्छन ल्याउने हो, शुल्क भन्छन तिर्ने हो, त्यसपछि बस चुपचाप ढोकामा कुर्ने । अरू कुनै विकल्प छैन । दिन बित्दै छ, यो बिरानो ठाउँमा न आफ्ना कोही छन् न भित्रका (अस्पताल परिसरमा) कोही आफ्ना भए।
आज हप्तौं दिन सम्म पनि केही खबर छैन । उस्तै छ, उही खबर छ, त्यस्तै छ । भेट्न या कुरा गर्न पाइँदैन । हेर्न समेत पाइएको छैन । दिनमा 8/10 पटक त्यही चिट दिन्छ दौडिएर मेडिकलमा जाने चिट अनुसारको औषधि किन्ने, एक झोला जती हुन्छ, अनि त्यही ढोका को पालेलाई आफ्नो बिरामीको नाममा दिने, अनि उसले लगिदिन्छ, हामीले त्यही कुरो विश्वास गर्ने ।
तर उसले त्यो कहाँ लान्छ त्यो हेर्न या बुझ्न भने पाइँदैन । बस फेरि त्यही ठाउँमा बस्ने, चिया, तातो पानी, जाउलो, सुूप जे भन्छन् लगिदिने, त्यही ढोकामा, त्यही पाले दाई लाइ दिने हो । उसैले लगि दिन्छ ।
लान न लान्छ तर कहाँ लान्छ भन्ने, त्यही पालेदाई मात्र थाहा छ । औषधि पसल, बिरामी कुरुवा ठाउँ, पाले दाई तल माथि आउने जाने त्यसरीनै हप्तौं बित्यो, तर के भो, के हुँदै छ, सुधार भयो भएन केही जानकारी छैन ।
भित्र बाट एब्रोन ( डाक्टरले लागाउने सेतो लुगा) लगाएका एकहुल बाहिर निस्किन्छन् । सुन्नुहोस त अलि अलि सुधार आएको छ अब केही दिनमै भेट्ने मिल्छ है, अलि केटाकेटी जस्तो देखिने एकजनाले उनलाई बुझाए ।
हामीले गर्नु पर्ने सबै गरेका छौं, अरु कुरो भगवान भरोसा। ती नवजवान डाक्टर यति के भन्दै थिए उनी अतालिदै सोध्न पुग्छे के ….चाहिँ भएको… हो डा..। कुरो पूरा हुन नापाउँदै त्यही हुल बाट एब्रोन नलगाउने फुच्ची जस्तै देखिने तर उमेर अलि छिप्पिएको केटिले, भन्छिन्, डाक्टरले भन्नु भयौ त अब केदिन मै ठीक हुन्छ भनेर ।
उनी पुनः मुख्य डाक्टर पट्टी फर्केर सोध्ने खोज्दै छे .. मेरो श्रीमान् लाई भएको के हो । लगभग पाँच दिन भन्दा बढी नै भइसकेको छ, भेट्न बुझ्न पाइन हजुर .. । अत्यन्तै आग्रह र विनम्र प्रस्तुतिकरण लाई पुनः उही बिना एब्रोन वाली भन्छिन्, आतिनु पर्ने केही छैन । एक दुई दिनमा ठीक हुन्छ है । अहिलेलाई यो औषधि थप्नु पर्ने छ, छिटो लिएर आउनुस् । त्यही एब्रोन नलगएकी फुच्चीले दिएको चिट हातमा लिँदै उनी पुनः उही केटाकेटी जस्तो देखिने डाक्टरलाई नै सोध्ने कोसिस गर्छे ।
जिउ डाल यसो हेर्दा डाक्टर जस्तो त्यही ठिटो केटो देखिन्थ्यो। हुल डाक्टरहरुलाई अरु बिरामी कुरुवाहरुले घेरिए आआफ्नै बिरामीको बारेमा सोध्न खोज्दा उनी ओझेलमा पर्न गइन्। हातमा थपाएको चिट बोकेर उनी मेडिकल तिर लागिन् ।
आफूले सोधेको राम्रो जवाफ दिँदैनन्, सोध्नु पर्ने थुप्रै कुरो छन्, खै के के । लौ अब ओखती लाग्नु पर्ला, के भएको नै थाहा पाइएन । नयाँ रोग आएको छ भन्छन्, सायद त्यही हो कि, त्यो रोग लाग्यो भने भेट्न छुन हुन्न भन्छन, खै त्यही भएको कि? उनलाई खासै चित्त बुझ्ने उपचार भए जस्तो पनि लागेन ।
बग्दै गरेको पसिना पुस्दै दौडाइ र साताैं दिन सम्मको अस्पतालको बसाइँ ले गलिसकेकी थिइन् । के को उपचार हुँदै छ, के गर्दै छन् केही अत्तो पत्तो छैन । खर्च माथी खर्च भएको छ। त्यो केटाकेटी जस्तो देखिने डाक्टरलाई भेटेर सोध्ने विचारले उनी छिटो औषधि लिएर फर्किन्छन्। उनीलाई त वास्तवमा कुन डाक्टर हुन कुन ले उपचार गर्दै छन्, के अबस्था छ भन्ने नै जानकारी छैन ।
त्यही केटाकेटी जस्तै देखिने डाक्टरले नै उनको श्रीमानको उपचार गरेको अनुमान लगाउँछन् । तर पनि उनी अन्यौलमा लगातार उपचार गराउँदै छिन, जति भने त्यति नै पैसो तिरेर, जे भने त्यही गरेर, जसरी भने त्यसरी नी । खर्च पनि कति भइसक्यो, कति ऋण लागि सक्यो, अब कति हुने हो, सबै अन्यौल नै आवस्थामा दौडिरहेको छिन ।