बुढानिलकण्ठमा कोरोना जोखिम अत्याधिक बढ्यो ,एकै दिन ८५ जनामा संक्रमण
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २४।
बुढानिलकण्ठ नगरपालिकामा थप ८५ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनका अनुसार ४० जना महिला र ४५ जना पुरुषमा संक्रमण देखिएको हो ।
हाल सम्म नगरपालिका भित्र १८४ जना महिला र १९२ जना पुरष गरी कुल ३७६ सक्रिय सक्रंमित व्यक्तिहरू रहेका छन् जसमा ३५५ जना होम आईसोलेसनमा छन् भने १२ जना पुरुष र ९ जना महिला अस्पतालको आईसोलेसनमा रहेका छन ।
वडागत विवरणः
वडा नं १: १ महिला र १ पुरुष
वडा नं २: १ महिला
वडा नं ३: २ पुरुष,
वडा नं: ४ ३ महिला र ५ पुरुष
वडा नं ५: १ महिला
वडा नं ६: ५ महिला र ४ पुरुष
वडा नं ७: ६ महिला र २ पुरुष
वडा नं ८: ४ महिला र ९ पुरुष
वडा नं ९: १० महिला र १ पुरुष
वडा नं १०: ५ महिला र १५ पुरुष
वडा नं ११: २ महिला र २ पुरुष
वडा नं १२: १ महिला र ३ पुरुष
वडा नं १३ : १ महिला र १ पुरुष ।