टोखाका उपप्रमुख डंगोलद्धारा आफूले चढ्दै आएको गाडी बिरामीको उपचारमा प्रदान

टोखाका उपप्रमुख डंगोलद्धारा आफूले चढ्दै आएको गाडी बिरामीको उपचारमा प्रदान

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २४।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले आफूले चढ्दै आएको गाडी बिरामीका लागी प्रयोग गर्न दिएकी छन  ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै उपप्रमुख डंगोलले एम्बुलेन्स प्रर्याप्त नभएको र गंभिर प्रकृतिका बिरामीलाई अस्पताल जान र आउन समस्या भएकोले बिरामीलाई अस्पताल पुर्याउनका लागी आफूले चढ्दै आएको गाडी दिएको जानकारी दिईन  ।

नगर उपप्रमुख ज्ञानमाया डंगोलको गाडी निषेधाज्ञा अवधिभर गंभिर प्रकृतिका बिरामीहरुको उपचारका लागी अस्पताल लैजान प्रयोग गरिनेछ।
सो गाडी आजै देखी बिरामीको उपचारमा प्रयोग गरिएको नगर उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुएकि छन  ।

तपाइँको प्रतिक्रिया ।