गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यलय भवन शिलान्यास

गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यलय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं, बैशाख २२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । बुधबार  नगर प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच भुमिपुजन सहित उक्त भवनको शिलान्यास गरेका हुन्।  करिब २ करोड ६६ लाख १९ हजार ९सय ३७ रुपैया ६० पैसाको लागतमा  साढे दुइतले उक्त भवन २०७८ साल चैत्र १५ गते सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

बेसिगाउमा  बन्न लागेको सो भवन निर्माणको लागि २०७७ साल पौष २८ गते सम्झौता भई काम शुरु भए पनि सुर्य अस्त भएको कारण उक्त भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो। आर एण्ड सी एस बिल्डर्स प्रालिले उक्त भवन समयमा नै सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताएको छ।

उक्त शिलान्यास कार्यक्रममा उप प्रमुख शान्ती नेपाल, समाज सेवी एबम नेपाली कांग्रेस सूचना,संचार तथा प्रचार विभाग केन्दिय सदस्य  बिमल ठकुरी,  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना वडा सदस्य नन्दलाल श्रेष्ठ,जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा, वडा सदस्य डम्बर बहादुर श्रेष्ठ, वडा सदस्य सोबिता मिजार गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य भावना ठकुरी, समाजसेवी एबम डाँडागाउ टोल सुधार समितिका अध्यक्ष राजेश दाहाल समाजसेवी लायन गंगालाल श्रेष्ठ  सहित कर्मचारी र स्थानीयको उपस्थिति रहेको  थियो।

भवन शिलान्यास  पछि कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै  नगर प्रमुख चालिसेले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको बताए ।  वडा कार्यलय भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउदै  ५ वर्ष भित्र ९ वटै वडा कार्यालयको आफनै भवन बनाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य अगाडीनै  सम्पूर्ण वडा कार्यालय बनिसक्ने जानकारी गराए ।त्यस्तै उनले  गोकर्णेश्वर नगरपालिकाको ७ तले भवन जोरपाटी चोकमा निर्माण गरिने र त्यसको पनि चाडै शिलान्यास हुने जानकारी गराएका छन ।

त्यसै गरि कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै नगर प्रवक्ता एबम वडा अध्यक्ष मनोजकुमार ढुंगानाले भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समय भित्रै वडा कार्यालय भवन निर्माण गर्न निर्माण व्यवसायीलाइ आग्रह गरेको बताए  ।  सुशासन पारदर्शिता र सदाचारका बिषयलाई वडाले उच्च प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको बताउदै विकास निर्माणको काममा पनि कसैलाई काखा कसैलाई पाखा नगरीकन सेवा भावले काम गरिरहेको जानकारी गराए  ।

‘जनतालाई सेवा दिने कार्यालय व्यवस्थित हुनु पर्दछ,’ उनले भने,‘ जनताको करबाट भवन बन्ने भएकाले यो जनताकै घर हो, निर्माणदेखि रेखदेखमा जनताले पनि चाँसो दिनु पर्नेमा जोड दिदै भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता नगर्न र भवन निर्माणमा निगरानी गर्न वडाबासीलाई आग्रह गरेका छन् । लामो समयदेखि वडा कार्यालय भाडामा सञ्चालनहुँदै आएकाले भवन निर्माण गर्न लागिएको उनले जानकारी दिएत्यसै गरि उनले हाल  कोरोना भुसको आगो सरि फैलिएको हुँदा वडा बासीलाई थप स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सुरक्षित रहन  अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।