कोरोना पीडितलाई उपचारका नाममा ह्याम्स अस्पतालको ब्रह्मलुट

कोरोना पीडितलाई उपचारका नाममा ह्याम्स अस्पतालको ब्रह्मलुट

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

काठमाण्डौ धुम्बाराहीमा रहेको  ह्याम्स अस्पतालले कोरोना पीडितलाई उपचारका नाममा ब्रह्मलुट मच्चाएको भन्दै विरामीहरु आक्रोसित बनेका छन   ।

धुम्बराहीस्थित ह्याम्स अस्पतालले एउटा रुमको एकै रातको ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । उक्त अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएर  कतै उजुरबाजुर नगर्ने भन्ने कागज समेत गराउने गरेको पिडितहरुले गुनासो गर्दै आएका छन  ।

ह्याम्स अस्पतालले जनरल बेडको लागि प्रतिबेड प्रतिदिन ७ हजार रुपैयाँ, ट्विन शेयरिङ्ग रुमको लागि १५ हजार, प्राइभेट रुमको लागि २१ हजार, डिलक्स रुमको लागि २७ हजार र स्विट रुमको लागि एक दिनको ५० हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै गरी आइसियु बेडको चार्ज २२ हजार तोकिएको छ  भने  अन्य वेड खाली नभएको भन्दै अस्पतालले महँगो मुल्य पर्ने  वेडमा राख्न कोभिडका विरामीलाई बाध्य पार्ने गरिएको पनि त्यहा उपचार गराएका पिडित विरामीहरुले बताएका छन ।

तलको सुचिमा दिइएको  बेडको मात्र मूल्य हो जसमा  अन्य औषधि, डाइग्नोसिस, नर्स, डाक्टरको भिजिट, खाना, म्यानेजमेन्ट खर्च समावेस गरिएको छैन।

ह्याम्ससँगै सङ्क्रमितको उपचार गरिरहेका काठमाडौँको सिनामंगलमा रहेको केएमसी (काठमाडौँ मेडिकल कलेज), समेतले लाखौं लुटेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ। तर पनि विषम अवस्थामा यसरि खुलेआम सुची टासेर ब्रह्मलुट मच्चाउदा पनि नियामक निकायले कुनै कदम अगाडी नबढाउनुले भने धेरै प्रश्न जन्माएको छ।

हेर्नुहोस अस्पतालले तोकेको मुल्य सुची :

तपाइँको प्रतिक्रिया ।