ट्रकको ठक्करले लायन्स क्लव इन्टरनेसनलको “लायन्स स्तम्भ” ढल्यो

ट्रकको ठक्करले लायन्स क्लव इन्टरनेसनलको “लायन्स  स्तम्भ” ढल्यो

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

मङ्गलबार राति ना ७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको छ ।उक्त दुर्घटनामा लायन्स स्तम्भ पूर्ण रुपमा क्षेत्तिग्रस्त भएको छ।

राति करिब ९ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रक ठोक्किएर स्तम्भ सडकमा ढलेको थियो ।  विभिन्न सामाजिक र मानवीय सेवाका क्षेत्रमा सक्रिय रहेको लायन्स क्लवले सो स्थानमा लायन्स स्तम्भ बनाएको थियो ।

तपाइँको प्रतिक्रिया ।