चावहिल चोकमा रास्ट्रिय युवा संघ नेपालको हेल्प डेस्क
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २२।
चावहिल चोकमा रास्ट्रिय युवा संघ नेपालले हेल्प डेस्क स्थापना गरेको छ।कोरोना प्रकोको दोश्रो चरणमा जनताको सेवाका लागि हरेक स्थानमा युवा संघको पहलमा हेल्प डेस्क स्थापना गर्ने केन्द्रको निर्णय अनुसार चावहिल चोकमा उक्त डेस्क स्थापना गरिएको हो।
युवासंग केन्द्रीय सदस्य पुष्प भट्टराई,दिलिप थिङ,टिकेश श्रेष्ठ ,बुनपा नगर अध्यक्ष कर्ण लामा ,महानगरका मनिष लिम्बु, बुनपा निश्चल अधिकारी र महानगर नारायण पाठक लगायतको उपस्थितिमा शुरु गरिएको सो हेल्प डेस्कमा मास्क ,पानी सहित अन्य आवस्यक सामाग्री व्यवस्थापन गरिएको छ।
सो स्थानमा हेल्प डेस्क स्थापना संगै रास्ट्रिय युवा संघ नेपालले आवस्यक परेको अवस्थामा स्वयंसेवा तथा अन्य मानवीय सेवा पनि उपलव्ध गराउने केन्द्रीय सदस्य पुष्प भट्टराईले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।