मृत्युको मूल्य साह्रै महँगो : बागमती  किनारमा अन्तिम संस्कार

मृत्युको मूल्य साह्रै महँगो : बागमती  किनारमा अन्तिम संस्कार

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २२।

यस्तो भयावह स्थिति कि, अस्पतालमा बेड अभाव, आर्यघाटमा चिता । एकातिर अस्पतालमा बिरामीको लाइन छ अर्काेतिर पशुपति आर्यघाटमा शव जलाउन घण्टौं पालो कुनुपर्ने बाध्यता छ । सोमबार लासका चाङ लागेपछि १० वटालाई बागमती  किनारमा (तिलगंगा नजिकै) अन्तिम संस्कार गरिएको थियो ।
पशुपति क्षेत्र विकास कोषका अनुसार आर्यघाट, भष्मेश्वर घाट र विद्युतीय शवदाहगृहमा शव दहन हुँदै आएकोमा सोमबार थुप्रिएपछि बाग्मती किनारमा पनि व्यवस्थापन गरिएको हो । अरू समय दैनिक २५ देखि ३० लाश पशुपति आर्यघाट पुग्थे ।

अहिले यो संख्या ह्वात्तै बढेको छ ।
आर्यघाटमा साधारण लाश दहन हुँदै आएको छ भने कोरोना संक्रमितको चाहिँ विद्युतीय शवदाहगृहमा । कोषका सदस्य सचिव डा. प्रदीप ढकालका अनुसार विद्युतीय शवदाहगृहतर्फ फागुनमा २१ र चैतमा २७ शव दहन गरिएकोमा वैशाखको दुई सातामै एक सयभन्दा बढी दहन भएका छन् । पहिले दाउरा र बिजुली दुवैतिर गरी औसत २० देखि २५ शव दहन हुँदै आएकोमा अहिले दैनिक ४० भन्दा बढी शव दुबैतिर जलाइन्छ ।

अघिल्लो आइतबार १३, सोमबार १० र मंगलबार १०, बिहीबार १७ लाश विद्युतीय शवगृह पु¥याइएकोमा शनिबार एकैचोटि २३ वटाको चाङ लाग्यो । विद्युतीयतर्फ एउटा शव दहन गर्न कम्तीमा एक घण्टा लाग्छ । कोषका अनुसार कोभिडका शव निरन्तर जलाउँदा मेसिन बिग्रेकाले मर्मत गर्नुपर्ने र संक्रमित शवहरू ह्वात्तै बढ्न थालेपछि सोमबार शवदाहगृहको नजिकै बागमती किनारामा शव जलाइएको हो ।

त्यहाँ दाउराबाट जलाइने १२ वटा चितामध्ये १० वटा मात्र सर्वसाधारणको पहुँचमा छन् । बाँकीमा भीआइपीहरूलाई जलाइन्छ । आर्यघाटमा पछिल्लो तीन साता ६ सय बढी शव जलाइएका छन् । जबकि अघिल्लो वर्षको वैशाख महिनाभरमा ३ सय ८४ वटा दाउराबाट जलाइएका थिए ।

समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।