व्यावसायिक पीडामा जोडिएका हातहरू : अमर प्रकाश तिवारी

व्यावसायिक पीडामा जोडिएका हातहरू : अमर प्रकाश तिवारी

कपन अनलाइन

काठमाडौँ, बैशाख १८ ।अमर प्रकाश तिवारी/

 बाबा स्कुलले कोड नै पठाएन, यहाँ कम्प्युटरमा स्कुलको सिस्टम नै चल्दैन, साथीलाई फोन गरेको जाँच दिँदै छ रे, मेरो किन कोड आएन बाबा ? छोरी को जिज्ञासाको उत्तर उ सँग थिएन नै । स्कूलमा गएर अनुरोध गर्ने ठाउँ पनि उसले धेरै अगाडि बन्द गरेको कुरो छोरीलाई भन्ने आँट पनि गरेन । कुरो बुझे झै गरी आ… छोडी देऊ छोरी पोहोर साल देखि त्यही कम्प्युटर मा पढेकी छ्यौ, अब यो पाली जाँच नदिए पनि हुन्छ । उसको श्रीमतीले छोरीलाई सम्झाउने प्रयास गरेकी यो प्रसङ्ग उसलाई खासै चित्त बुझेन ।

ऊ निरास र लाचार बाउ नभएको प्रमाणित गर्न खोज्दै थियो । एकपटक स्कूलमा गएर प्रिन्सिपललाई नै भेट्ने सोच साहित छोरीलाई भन्छ, एकै छिन है छोरी स्कूलमा के भएको रहेछ, बुझ्छु । श्रीमानका अबस्था र भावना बुझदा भक्कानिएकी उसको श्रीमती त्यहाँ लाचार र निरास देखिन्थिन् । दृश्य भावुक नै थियो । तर घरबाट उ स्कूल जान्छु भनेर निस्कन्छ । स्कूलमा के चाहिँ भन्ने उपयुक्त बहाना रच्दै उ फटाफट स्कूल तिर लम्किन्छ ।सर नमस्कार । साल देखि एउटै कुरो भन्दै आएको छु, आज पनि म त्यही दोह्याउँछु, हजुर । लाखौं लागानी त्यसै खेर गहिरहेको छ। आम्दानीको सबै बाटाहरू कोरोनाले बन्द गरिदियो, आजभोलि भन्दा भन्दै बर्षौ बित्यो । पेसाले पनि म पर्यटन व्यवसायी हो। होटल रेस्टुरेन्टमा निकै लामो अनुभव बटुलेर आफ्नै काम सुरु गर्ने जमर्को गरेेको थिए। करिबन २० महिना आगाडि सबै सम्पति लगाएर गोराहरुलाई लक्षित गरी काठमाडौंको ठमेलमा रेस्टुरेन्ट सहितको होटल सञ्चालन गर्ने आँट गरे ।

हजुर लाई थाहा नै छ, सर । आगाडि बसेको स्कुलको प्रिन्सिपल मन्द टाउको हल्लाउँदै सहमती जनाउँछन् । ऊ अझै आगाडि भन्दै थियो, आर्काको जग्गा भाडामा लिई उच्च स्तरीय निर्माण सम्पन्न भए पछि अब व्यवसायीक मार्ग समाहाल्ला भनेको अचानक यूरोप, अमेरिका हुँदै मध्यपूर्व र नेपाल नै बन्दा बन्दीको सामना गर्नु पर्यो ।त्यो बन्दाबन्दी महिनौ लम्बियो । केही महिना पछि सुधारिने संकेत थियो पुनः अलि लाई थप लगानी लगाएर व्यवस्थित के गर्दै थियौं । कता बाट दोस्रो र तेस्रो लहर हल्ला चल्दै, बेलायती भेरियन्ट आदि नामले व्यवसाय फेरि उठ्नै नसक्ने गरी थला पार्यो ।

सबै चौपट बनायो साथै हामीलाई बर्बाद बनायो हजुर । आज यस्तो वेदना र तड्पमा म छटपटाहट हुँदै थियो आचनक मेरी छोरीको परीक्षामा रोकावट आएको अर्को अशैय्य पीडा थपियो सर। मैले सहन सकिन् सर। मेरो छोरीको भविष्य नरोकिदिनुस, यति भन्न म हजुर समक्ष आएको हु, सर । उसले यति भन्दै गर्दा भेट्ने बित्तिकै जोडीएर हात यथावत आवस्थामा नै थियो । बैंक सँग धितो बन्धक सँगै आफ्ना इष्टमित्र भाइ भारदार समेत सँग मीटर ब्याजी ऋण लिएर सुरु गरिएको व्यवसाय सुरुवात को हप्तै बाट बन्दबन्दी भएको र हाल सम्म पनि बन्द नै रहेको हजुरलाई थाहा नै छ । यो सबै कुरो हजुर ले नजिक बाट हेर्नु भएकै हो । कुरो सुन्दै गरेका प्रिन्सिपल मन्द मन्द टाउको हल्लाइ रहेको देखिन्थ्यो। करिब निर्माण समय (६ महिना) समेत जोड्दा २० महिना सम्म ब्याज मात्र तिरी, घर खर्च, आफ्नो पारिवारिक खर्च, रेस्टुरेन्ट सहितको होटल खर्च, ब्याज, भाडा, र सरसफाई कर्मचारीको तलब समेत सबै जोडेर करिबन मासिक लाखौं खर्च र उक्त खर्च मासिक हुँदा हुँदा २ बर्ष सम्म जोडिँदै जाँदा यो २ करोड भन्दा बढी नै भएको छ ।

 यो सबै हेर्दा हजुरले पनि मेरो अवस्था बुझेर एक पटक ब्याज तिर्ने पैसो पनि सापट स्वरूप दिनु भएको थियो, तर मैले त्यो पनि फिर्ता गर्न नसकेको कुरो हजुरलाई अवगत नै छ । उसका हात अझै जोडिएकै थियो। त्यस्तै हजुरलाई थाहा नै छ, सबै ऋण नै हुन् । निर्माण पछि, ब्याज, तलब, सरसफाई, घर खर्च आदि सबै जोड्दा त करिबन डेड करोड भन्दा बढी फजुल खर्च मात्र भए र लगानीको पाटो कारीब २ करोड पनि जोड्दा त पुग नपुग चार करोड नै खर्च भयो । तर सम्पति साच्चै भन्ने हो भने कम्पनी रजिस्टर कार्यालय त्रिपुरेश्वरमा दर्ता भइ आहिले सम्म आत्यवधिक भएको एउटा प्रमाण पत्र मात्र छ, जसको राजस्व दर्ता गर्दा करिबन १६ हजार मात्र तिरिएको थिए। करिबन ४ करोड खर्चिदै गर्दा सम्पतिको नाउँमा त्यही १६ हजारको राजस्व सहितको को कम्पनी दर्ता प्रमाण पत्रको एउटा कागज मात्र मेरो हातमा छ, सर ।

 अर्कैको जग्गामा घर बनाइयो जुन कहिले आफ्नु हुने होइन, त्यो कुरो हजुरलाई थाहा नै छ । यी यथार्त हजुरको आगाडि हुँदा हुँदै पनि मेरो छोरीको परीक्षा दिन रोकिदिने कुरो सायद छोरी माथि अन्याय हुने बुझेको छु, हजुर । यो विश्व महामारीको संकट टर्ने संकेत आउने बित्तिकै म सबै शुल्क तिर्छु । तर मेरो छोरीको परीक्षा नरीकिदिनु सर । त्यति बिन्ती गर्न म आएको । यति भन्दै गर्दा उसका जोडिएका हातहरू अझै मजबूत तरिकाले झनै कसिएर जोडिएका थिए । हजुरको कुरो बुझेको छु, बाध्यता म सँग पनि छन्, स्कुलको यत्रो भवन भाडामा छ, त्यो तिर्नै पर्यो, पिउन देखि शिक्षक सबैको तलब दिनै पर्यो, भर्चुअल कक्षा सञ्चालन गर्नका लागि हामीले कुनै शिक्षक कटौती गरेनौ, केही खर्च कतैबाट घटाउने संभव भएन ।

विद्यार्थी घर बाट नै कक्षमा सम्लग्न गरिएको मात्र हुन्, तर शारिरीक अनुपस्थिति बाहायक अरु व्यवस्थित प्रणाली अवलम्बन गरियो । यसरी प्रिन्सिपलले आफ्नो व्यथा व्यक्त गर्दै गर्दापनि उसका हातहरू जोडिएकै थिए, एथावत रूपमै। सबै विद्यार्थी भर्चुअल कक्षा मा उपस्थिति भइदिएको भए र शुल्क तिरिदिएको भए त ठीकै हो ४० प्रतिशत विद्यार्थी यो समयमा विस्तापित भए, नयाँ भर्ना सम्भावना भएन, जे खर्च कोरोना आगाडि आउँथ्यो त्यही खर्च कोरोना कहरमा र भर्चुअल कक्षा सञ्चालन गर्दा पनि आयो । सबै अविभावकहरु संग यी यावत् विषयमा व्यापक सँग छलफल गरियो, शुल्क र व्यवस्थापन सम्बन्धमा के के गर्न सकिन्छ भनेर छलफल गरियो। सबैको सहमतिमा हामीले स्कूल सञ्चालन गर्यौं । तपाईं सँग पनि छलफल सहभागी भई सहमती गर्नुभएको थियो । त्यसैले हजुर लागानी हाम्रो पनि छ, ब्याज हामीले पनि तिर्नु पर्छ, घरदेखि स्कूल सबै सञ्चालन गर्नु पर्छ ।

एक जना विद्यार्थीको भविष्य हेर्दा अरु धेरै विद्यार्थीको भविष्य बर्बाद हुने अबस्था बुझिदिनु होला, जे जति सक्नु हुन्छ हाम्रो छलफल र सहमती अनुसार स्कुलको शुल्कलाई शुल्क नसम्झी, सहयोग मानी, हाम्रा समस्या पनि बुझाइदिने कोसिस गर्नुस् । अरू के भनु नानीको कोड चाहिँ यहाँ छ, लानु होला । यति लामो संवादमा आफूले खोजेको उद्येश्य प्राप्त हुने संकेत पाउने बित्तिकै जोडिएको हात पुनः जोड्दै, भन्छ हस हजुर म यो शुल्क जति सक्दो चाँडो तिर्छु । हजुरलाई धन्यवाद । टेबुलमा फालिएको परीक्षा कोड लिई हत्तन पत्त उ त्यहाँ बाट पुनः दुई हात जोड्दै निस्कन्छ। एकै पाहिलामा उ घर पुगौला झै दौडिन्छ। छातीमा टाँसिएका जोडी हात झनै टासिन्छ ।

 लामो लामो स्वास फेर्दै उ दौडिरहन्छ। घरको भर्याङ चड्दै एकै पाइलामा उ छोरीको कोठामा पुग्छ । कक्रक्क परेर छातीमा जोडिएको एउटा हात बाट परीक्षा कोड दिँदै भन्छ, सरले कोड पाठाउन बिर्सिनु भएछ छोरी लाउँ, प्रिन्सिपल सर ले मलाई भेट्ने बित्तिकै यो परीक्षा कोड दिनु भयो । छोरीलाई परिक्षा कोड दिने बित्तिकै उ पुनः हात छातीमै लागेर जोड्छ । यो अवस्था अवलोकन गरेकी उसकी श्रीमती अवक्का पर्छिन् । श्रीमती निःशब्द टोलाउँछिन । ऊ पुनः हात छातीमै जोड्दै भन्छ प्रिन्सिपल सर ले कोड पठाउन बिर्सिनु भएछ, मलाई देख्ने बित्तिकै छोरीको कोड दिनु भयो, बुझ्यौं । अवक्क श्रीमती उसले जोडेको हातलाई नियाल्दै, उसको कुरो बुझ्ने कोसिस गर्छिन ।

तपाइँको प्रतिक्रिया ।