धेरै कोरोना संक्रमित देखिएको कपन गुम्बालाई बुढानिलकण्ठ नगरपालिकाको सुझाव र सहयोग
कपन अनलाइन
काठमाण्डौ ,बैशाख १८।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन गुम्बामा एकै दिन पांच दर्जन बढीमा कोरोना संक्रमण देखिएको अवस्थामा बुढानिलकण्ठ नगरपालिकाले सुझाव र सहयोग प्रदान गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,नगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख कुमार दाहाल ,अधिकृत उपमा दाहाल लगायतले कपन गुम्बामा पुगेर त्यहाका प्रतिनिधिहरु संग छलफल गरेका थिए।
कोरोना प्रकोप नियन्त्रण ,रोकथाम र संक्रमितहरुको सुरक्षित व्यवस्थापनका लागि नगरपालिकाको तर्फ बाट हुन् सक्ने सहयोगका वारेमा भएको छलफलमा संक्रमित बढ्न नदिने उपायका वारेमा पनि चर्चा गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।