कोरोना भाइरस : अरुण नदी खत्री (कविता )

कोरोना भाइरस : अरुण नदी खत्री (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख ११।

कोरोना भाइरस तिमी आयौ
आउनु एउटा प्रक्रिया नै हो
विश्वभरी नै फैलिएर आयौ
तिमी आएपछि बाहिरी देश र
हामी जन्मेको देश नेपालमा
लकडाउन लगाउन बाध्य
भएको छ नेपाल सरकार
तिम्रो उपस्थितिले गर्दा
हामीलाई ठूलो चिन्ता प¥यो
तिमी आएर पढ्ने विद्यार्थीको
पढाइमा ठूलो बाधा पर्न गयो ।

कोरोना भाइरस तिमी
हाम्रो लागि विषालु पदार्थ हौ
तिमी आएपछि कति मान्छेहरुको
ज्यान नै सखाप हुुन गयो
तिमीले गर्दा ज्यालादारी काम गर्ने
मजदुरहरुले काम गर्न पाएनन्
ज्यालादारी मजदुरीहरु
भोकमरीमा पर्ने भए कोरोना भाइरस
तिमी आएर आफन्तहरुसँग भेटघाट
बन्द हुन पुग्यो कोरोना भाइरस
तिमीले गर्दा हामी घरबाट
बाहिर निस्कन पनि पाएनौ नि
कोरोना भाइरस तिमी छिटै
हामीलाई छाडेर हामीदेखि
सधैँभरिको लागि टाढा जाऊ
हाम्रो अगाडि अब कहिल्यै पनि
नआऊ है कोरोना भाइरस ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।