त्रिनेत्र : ठाकुर शर्मा भण्डारी (सुसेली बृहत काव्य, २०७७ को सन्दर्भ )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ४।
दुर्गा अधिकारी नेपाली साहित्यको क्षेत्रमा ६०१ झटारा मुक्तकसङ्ग्रह २०७६ र हाइकु वर्णमाला (२०७६) बाट पहिले पुस्तकाकारको रूपमा प्रकाशनमा आएका हुन् । सुन्दर मुक्तकहरू लेख्ने मुक्तककार दुर्गा अधिकारीको शैली रोचक र घोचक छ । संयुक्त रूपमा पनि अनेक पुस्तकहरू प्रकाशित छन् ।
साहित्यको कविताविधालाई मुख्य रूपमा अगाडि बढाउनुभएका कवि दुर्गा अधिकारीको शैली सुन्दर छ, लोकलयमा ढालेर लेखन र वाचनमा अग्रसर हुने कविको वाचन पनि रोचक छ ।
दुर्गा अधिकारी नेपाली साहित्यको कविता विधामा पनि जापानी हाइकु नेपाली शैलीको कवितालाई विशेष लेखन स्वरूप दिएर नेपाली साहित्यमा आपूmलाई स्थापित गर्न अग्रसर रही विशेष व्यक्तित्व कायम गरेका व्यक्तित्वमा पर्नुहुन्छ ।
हाइकुलाई नेपाली लोकलयमा लय हालेर गाउन मिल्ने गरी लेख्ने कविको रूपमा आजकल विभिन्न सभा समारोहमा पाँच सात पाँच अक्षर अर्थात् त्रिपदीय कविता रमाइलो ढङ्गबाट गाएको देखिन्छ । यो पहिले देखि नेपालीमा लोकभजन, लोकगीतरुरु रुरुइएको हो र यसको प्रभाव साहित्यक क्षेत्रमा पनि रहेको छ र हाइकुलाई पनि वर्तमान समय अत्यधिक लेखिन थालेको र त्यसलाई पनि गायनको हिसाबबाट लेखिन थालिनु महत्त्वपूर्ण कुरा हो ।
त्रिनेत्र (सुसेली बृहत् काव्य, २०७७) को सन्दर्भमा यसका शीर्षक हेर्दा पनि त्रिनेत्र शब्दले नै प्रतीकात्मक स्वरूप प्रदान गरेको छ । शिवजीको त्रिनेत्रलाई जसरी अनेक अर्थ (सूर्य, चन्द्र, अग्नि वा सत्त्व, रज, तम वा अन्य)मा परिभाषा गर्न सकिन्छ त्यस्तै कविताको अर्थको दृष्टिकोणबाट महाकवि देवकोटाले भनेजस्तै आँखीझ्याल संसारचियाइन्छ । कविताले संसार चियाउँछ । आँखाको नानी पनि भन्न सकिन्छ कवितालाई । कविको चतुरता यसमा प्रयोग हुन्छ । कति क्षमता छ कविमा, संसार चियाउन सक्छ कि सक्दैन । सुसेलीमा तागत छ भन्ने कुरा त्रिनेत्रको कभरमा भएको कविताले सङ्केत गर्छ ।
जस्तै :
शम्भु त्रिनेत्र
अर्पण वेलपत्र
लीला विचित्र ।
सांसारिक लीला विचित्र छ, यहाँ के छैन, सबै कुरा छ ।
शिवको लीला पनि विचित्र छ । जति बुझ्न खोज्यो बुझ्न नसकिने । यसरी कविताको आँखाले संसार चियाइन्छ ।
दुर्गा अधिकारीले आप्mनो नामको पछाडि ‘भमरकोटे’ किन ? विचार गर्दा लाग्यो जसरी भ्रमरले पूmलहरूको रस जसरी लिन्छ, त्यस्तै कवितारूपी पूmल चुन्न खप्पीस हुनुहुन्छ, जहाँ प्रशस्त रस
पाइन्छ । कविता अत्यन्त सुन्दर
छ । केही उदाहरण ः
सृष्टि तिमी हौ
मेरा दुवै आँखाकी
दृष्टि तिमी हौ । (पृष्ठ २०)
कतिपय सुसेली दृष्टिमा सृष्टि भेटिन्छ । धर्म–संस्कृतिप्रेमको सुवास भेटिन्छ । देशप्रेमको भावना, प्रकृतिप्रेमको सौन्दर्य प्रचुर मात्रामा भेटिन्छ । समसामयिकतामा सुसेलीहरू सुसाइएको छ ।
देश भो कस्तो
रगत मात्र सस्तो
पानी महँगो । (पृष्ठ १२७)
(क) विभिन्न शीर्षकका सुसेलीहरू आएका छन् । कवितामा जीवनदायिनी शक्ति हुन्छ, प्रेरणादायी भावना हुन्छ । अझ यिनी सुसेली त गाउँदा पनि आनन्द दिने र पढ्दा पनि आनन्द दिने किसिमका छन् । संस्कृतका १८ सुसेली छन्, जसमा शुभकामनाहरू शीर्षक दिएर सुसेलिएका छन।
भोक्तुम् धर्मेण
विश्वजयी भवेयु
सुसत् कर्मेण । (पृष्ठ ६)
(ख) यसैगरी हाम्रो संस्कृति–परम्परा तीजपर्वका पनि १८ वटा पर्वविषयक सुसेली छन् ः
पूजा अर्पण
महादेव त्रिनेत्र
लीला विचित्र । (पृष्ठ ९)
(ग) लक्ष्मीजयन्ती (लक्ष्मीप्रसाद महाकवि देवकोटाको सन्दर्भ) शीर्षकमा १८ वटा सुसेली सुसाइएको छ ः
हातका मैला
थुपारेर के गर्छौ
सुनका थैला । (पृष्ठ ११)
(घ) विविध शीर्षक दिएर ३६ वटा सुसेली दिइएको छ, विभिन्न पर्वको संस्कारगत शुभकामना दिइएको
छ :
शुभप्रभात
साहित्य फूलवारी
गर्छ स्वागत । (पृष्ठ १३)
यस त्रिनेत्र पुस्तकमा हाम्रो सुसेली २७, आमा १८, भजन (खैजडी) १८, चुड्का भजन ३६, देशप्रेम ४५, बालबालिका २७, विमोचन मन्तव्य २७, ज्ञानगुन ३०६, समसामयिक ६७५, उखानटुक्का १६२, तरकारी ४५, फलपूmल ५४, बजारविकास २७, पानी १८,
वृद्धवृद्धाको व्यथा २७, सगरमाथा
२७, पुराना त्रिपदीय लोकलय २७, कोरोना भारस ३६ गरी विविध विषयका सुसेलीहरू आएका छन् । सुसेलीहरू गाउन मिल्ने अत्यन्त सुन्दर, सरस, सारपूर्ण, शालीन र प्रेरणाप्रद रहेका छन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक