डाडाँमा झुल्केको स्वर्णिम किरण : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १७।
कुखुरी काँ को आवाजसँगै
आफ्नो दिनचर्या सिध्याएर
घाँस काटन हिडेका घाँसेहरु
जीवनको आधारलाई
आत्मिय मित्रका रुपमा अङ्गिकार गर्दै
झ्याउरे गीतको मिठो लय तान्दै
पृथ्वी र धर्तीलाई एकाकारमा समाहित भै
जीवन यात्रालाई
डाडाँमा झुल्केको घामसँगै
सूर्यको अस्ताचलमा किरणलाई बिदा गरि
घाँसको ठुलो भारीको ओढनी ओढेर
उकालो ओरालोको
पसिना सुस्ताउन
दैलोमा भारी बिसाई
सुर्यले अस्ताचलमा
आराम गरे झैँ
बिश्रान्तिमा आफुलाई
मौनतामा बाधेर
शन्तिको सास फेर्दछ ।
डाँडामा झुल्केको घामको
प्रथम किरणले
पशुपन्क्षीका चिर्बिर पशु दौड
अगाडि राखेर
आफ्नो बिहानीको मुस्कानलाई
न्यानो नव किरणले अभिषेक गर्दै
प्राणी मात्रमा जागरणको शंख फुक्छ ।
यो जागरण ध्वनि
मानव मात्रको लागि
नौलो सपना बोकेर आएको हुन सक्छ
बिहानीको नव जागरणको
निम्ताले अनि
अबिछिन्न गीतले
नेपाली मात्रको
एउटा न्यानो खास्टोलाई
झन बलियो बनाई
डाँडामा झुल्केको प्रथम सूर्यले
दिवाको रुपमा
अनेकौ कन्टकमय
जीवन पार गरी
चुनौतीलाई हाकदिई
एउटा उज्वल भविष्य
निर्माणमा सहयोगी भुमिका
निर्वाह गर्नेछ ।
यो चुनौतीले
बंश बंश, पुर्खा पुर्खाको
कश्मल र कष्टरुपी
तिमीरलाई नष्ट पारी
चौतर्फी प्रकाशै प्रकाशले व्याप्त गर्ने छ ।
अनि डाडामा झुल्केको
स्वर्णिम किरणको
सिन्दुर, शुभको प्रतिकको रुपमा
नेपाली जनमानसमा
पूर्णता प्राप्त गरी
प्रत्येक नेपालीका जीवनमा
शान्तिरुपी मुस्कानका किरणले
ओतप्रोत हुनेछ
शान्तिरुपी मुस्कानका किरणले
ओतप्रोत हुनेछ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक