त्रिपुरासुन्दरी गाऊँपालिका-२ सानोगाऊँमा नमुना बाटो तथा ढल व्यवस्थापन
कपन अनलाइन
धादिंग ,फागुन २५/ हरि बसौला
त्रिपुरासुन्दरी गाऊँपालिका वडा नं २ सानोगाऊँमा सानो गाऊँ चोंक बाट पूर्व पश्चिममा दुबै तर्फ बाटो चौड़ा र उत्तर तर्फबाट करिब २५० मीटर पक्की ढलानगरि ढल व्यवस्थापनको काम मध्य चरणमा पुगेको छ ।
आर्थिक बर्ष ०७७/०७८ मा गाऊँसभा द्वारा बिनयोजित गाऊँपालिका स्यतरीय १० लाखको बजेटमा निर्माण हुन् लागेको उक्त योजना सम्पन्न हुँदा बर्खायामको हिलो र हिउदको धुलो बाट मुक्ति मिल्ने भन्दै स्थानीयहरुले खुसि ब्यक्त गरेका छन।
बाटो तथा ढल व्यवस्थापन गर्नको लागी स्थानीयबासी चन्द्र कंडेलको अध्यक्षतामा समिति गठन गरि काम सुरु भएको सो योजना गाउपलिकाक़ै नमुना विकाशको उदाहरण पेरहेको स्थानीयबासी भोला भट्टले बताएका छन ।
उक्त योजनाको गाउँपालिका प्रमुख प्रमुख शम्भु कुमार थापा , प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनी नियमित अनुगमन गरेका छन भने वडा नं २ का अध्यक्ष कृष्ण बहादुर खत्रीले समन्वय गरेको स्थानीयहरुले जानकारी दिएका छन ।
(हरि बसौला सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )