सिन्धुपाल्चोक जिल्ला कार्यालयमा नेकपा एमालेको बोर्ड

सिन्धुपाल्चोक जिल्ला कार्यालयमा नेकपा एमालेको बोर्ड

कपन अनलाइन

सिन्धुपाल्चोक ,फागुन २५/सुशिल सुवेदी

सिन्धुपाल्चोक जिल्लामा पार्टी कार्यालय नेकपाको कार्यालयको बोर्ड झिकेर नेकपा एमालेको बोर्ड राखिएको छ ।

जिल्लामा  एमाले कार्यालय स्थापना गर्न एमाले नेता एवम पूर्व सांसद  कृष्णराज श्रेष्ठ, नेता हस्त पण्डित, बालकृष्ण देउजा लगायतका नेताहरु चौतारास्थित पार्टी कार्यालयपुगेका थिए । ओली खेमाका नेताहरु एमालेको जिल्ला पार्टी कार्यालय स्थापनामा    सक्रीय देखिए पनि यसअघि ओलीको कदम बिरुद्ध उत्रिएका एमाले नेताहरु भने कार्यक्रममा सहभागी भएका थिएनन  ।

कार्यालयको चाबी माग्दा नदिएपछि कार्यालय बोर्ड राख्न गएका नेता कार्याकर्ताले प्रहरीकै रोहबरमा ताला फोरेर नयाँ ताला लगाएका थिए। ‘चाबी माग्दा हामीलाई दिइएन, प्रहरीकै रोहबरमा ताला फोरेर साईनबोर्ड फेरेका छौँ’, एमालेका पूर्व जिल्ला अध्यक्ष  हस्त पण्डितले बताएका छन  ।

अदालती फैसलापछि एमालेका नेता, कार्यकर्ता एक ढिक्का भई अढि बढ्न पनि पण्डितले आग्रह गर्दै पण्डितले पार्टी एकीकरणपछि नेकपा एमालेको जिल्ला कार्यालयलाई नै नेकपाले कार्यालय बनाएको जानकारी दिएका छन।

पण्डितका अध्यक्ष रहेको समयमा पहल शुरु गरिएको  भवन निर्माणमा  पूर्व सांसद कृष्णराज श्रेष्ठ, बागमती प्रदेश सभाका सांसद सरेश नेपाल, एमाले नेता गम्भीरलाल श्रेष्ठ लगायतको महत्वपूर्ण भुमिका रहेको थियो ।

(सुशिल सुवेदी सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।