गोल्डेन पिक हाइ स्कुल विद्यार्थी परिषद नयाँ नेतृत्व चयन

गोल्डेन पिक हाइ स्कुल विद्यार्थी परिषद नयाँ नेतृत्व चयन

कपन अनलाइन

काठमाडौं ,फागुन २३।
गोल्डेन पिक हाइ स्कुल, सरस्वतीनगर, चावहिलमा विद्यार्थी परिषद्मा नयाँ नेतृत्व निर्वाचित भएका छन् ।
निर्वाचन प्रणालीमा अभ्यस्त बनाउन तथा प्रजातान्त्रिक ढंगबाट नेतृत्व चयन गर्न विद्यार्थी परिषद् २०७६ र कक्षा १० का विद्यार्थीहरुले आफ्नै  नेतृत्वमा फागुन २३ गते निर्वाचन सम्पन्न गर्दै नया नेतृत्व चयन गरेका हुन् ।

विद्यार्थीहरुले सो अवसरमा  निर्वाचन अधिकृत, स्कुल क्याप्टेन,स्कुल भाइस क्याप्टेन, स्कुल एसोसियट क्याप्टेन, प्रत्येक हाउसका एजेन्टहरु, निवार्चन परिवेक्षक, स्वयंसेवीको भुमिका निभाएका थिए ।

परिषदको  नयाँ नेतृत्वमा अधिक मत ल्याएर एसोसियट स्कुल क्याप्टेन इमोनिका राई भएका छन् भने स्कुल क्याप्टेन सोनाम डिकी शेर्पा, भाइस क्याप्टेन अनुपम कपाडी, रेड हाउस क्याप्टेन दिपसिका, ब्लुहाउस क्याप्टेन विविका, यल्लो हाउस क्याप्टेन लजना, ग्रिनहाउस क्याप्टेन श्रेया लगायत प्रत्येक सदन बाट  चार /चार जना निर्वाचित भएका छन् ।

विद्यार्थीहरु आफैले नेतृत्व चयन गर्दा उमेद्वार चयन, भोट माग्ने तरिका, निर्वाचन आचार संहिता व्यवहारिक रुपमा सिक्ने भएकाले यो विधी अपनाएको न् विद्यालय डिपुटी प्रिन्सिपल भानदेव कपाडीले बताएका छन ।

विद्यार्थीहरुको हक हित र प्रशासनसँग छलफल गर्न साथै विभिन्न कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट प्रतिनिधित्व गर्न पनि विद्यार्थी परिषद्ले सजिलो हुने  इसिए कोअर्डिनेटर मेहराज अन्सारीले बताएका छन ।

एक एक वर्षमा गरिने  निर्वाचनले बालबालिकाहरुमा आत्मनिर्भरता, नेतृत्व विकास र निर्वाचन प्रणालीको ज्ञान हुने गरेको जानकारी दिदै विद्यालयले  निर्वाचित सम्पूर्ण विद्यार्थी परिषदका सदस्यहरुलाई बधाई दिएको छ ।

तपाइँको प्रतिक्रिया ।