महेन्द्र पराजुलीको “आँखी झ्याल बाट नेपालको राजनीति” सार्वजनिक

महेन्द्र पराजुलीको “आँखी झ्याल बाट नेपालको राजनीति” सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

इन्जिनियर महेन्द्र पराजुलीको “आँखी झ्याल बाट नेपालको राजनीति” सार्वजनिक गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी शहिद पुत्र पराजुलीको उक्त पुस्तकलाई फागुन २२ गते सार्वजनिक गरिएको हो।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला,प्रवक्ता विश्व प्रकाश शर्मा ,नेकपाका युवा नेता योगेश भट्टराई ,प्राध्यापक कृष्ण खनाल  लगायतले उक्त पुस्तक सार्वजनिक गरेका थिए।

नेपालको राजनीतिका विभिन्न आयाम र पक्षहरुलाई केलाउदै लेखिएको सो पुस्तक नेपालको राजनीतिक इतिहास र दार्शनिक पक्षमा रुची राख्नेहरुका लागि उपयोगी हुने कार्यक्रममा सहभागी एक बुद्दिजीवीले बताएका छन।

पुस्तक सार्वजनिकीकरण संगै  अन्तर संवाद कार्यक्रमको पनि आयोजना गरिएको सो कार्यक्रममा बोल्दै वक्ताहरुले वर्तमान राजनीतिक अवस्था र पुस्तकको महत्वका वारेमा आफ्ना धारणा राखेका थिए।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।