मैले त कोरोना विरुद्ध खोप लगाए तपाईंहरु छुट्नु होला है : उपप्रमुख रमा राई

मैले त कोरोना विरुद्ध खोप लगाए तपाईंहरु छुट्नु होला है : उपप्रमुख रमा राई

कपन अनलाइन

काठमाडौं ,फागुन २३।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईले आफुले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिदै नगरवासीहरुलाई पनि सक्रिय सहभागी हुनका लागि आग्रह गरेकी छन।

बुढानिलकण्ठ नगरपालिकामा पहिलो चरणमा ६५ वर्ष माथिका नगरवासीहरुलाई निशुल्क कोभिड -१९ विरुद्धको खोप अभियानमा सामेल हुदै ६६ वर्षिया उपप्रमुख राईले नगरपालिकाले तोकेका खोप केन्द्रमा उपस्थित भएर खोप लगाउन अनुरोध गरेकी छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को करुणा अस्पताल र बाँसबारीमा रहेको गङ्गालाल हृदयरोग केन्द्रमा खोप लगाउन सकिने जानकारी दिदै  उपप्रमुख राईले संचार र सूचनाका लागि वडा कार्यालय,संघ संस्था ,संचार माध्यम आदिलाई अपिल गरेकी छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।