परिवर्तनशील महिला समाज गोकर्णेश्वर ८ ले महिला म्याराथन गर्ने

परिवर्तनशील महिला समाज गोकर्णेश्वर ८ ले महिला म्याराथन गर्ने

कपन  अनलाइन

काठमाडौं फागुन १८ ।परिवर्तनशील महिला समाज गोकर्णेश्वर ८ ले महिला म्याराथन गर्ने भएको छ।  १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर   गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा  नगरस्तरीय महिला म्याराथन  आयोजना गरिने  भएको हो ।  सोमबार परिवर्तनशील महिला समाजले  गोकर्णेश्वर नगरपालिका वडा ८ स्थित बेशीगाउँको  भेनस नेशनल कलेजको सभा हलमा आयोजित  पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष लक्ष्मी पुडासैनीले  सोको बारेमा  जानकारी दिएकी हुन।

मार्च ८ अर्थात् आउँदो फागुन २४ गते  मनाइने १ सय ११ औँ महिला दिवसमा महिलाहरूलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन यस्तो किसिमको प्रतियोगिता  आयोजना गर्न लागिएको जानकारी गराउदै  जोरपाटी देखि गोकर्ण मन्दिर सम्म दौड प्रतियोगिता हुने प्रतियोगितामा  ३० वर्ष भन्दा माथिका शारीरिक र मानसिक रुपमा स्वस्थ महिलाहरुले निःशुल्क रुपमा भाग लिन पाउने संस्थाका अध्यक्ष लक्ष्मी पुडासैनीले जानकारी गराइन । प्रतियोगितामा सहभागी  लिन चाहने महिलाले फागुन २० गतेसम्म नाम दर्ता  गरिसक्नु पर्ने जानकारी दिदै  नाम दर्ताका लागि आयोजक संस्था परिवर्तनशील महिला समाज, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को वडा कार्यालय तथा उपमेयर शान्ति नेपालसँग समेत सम्पर्क गर्न सकिने अध्यक्ष पुडासैनीले जानकारी गराइन ।

समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता र भूमिका उत्तिकै हुने बताउदै  विद्यालयमा मात्र महिलाहरू बिचको म्याराथन प्रतियोगिता हुने गरेकोमा हाल विभिन्न समयमा महिलाहरूको खुला म्याराथन प्रतियोगितामा उल्लेख्य सहभागी हुने गरेको बताउँदै घरबाट निस्केर यस्तो खेलमा सहभागी हुँदा र प्रतिस्पर्धाले छुट्टै उत्साह दिलाउने पनि उनले बताइन।

महिला म्याराथन कार्यक्रमबाट महिला सशक्तिकरणमा टेवा पुग्नुका साथै कोरोना प्रकोप  पछिको मानसिक त्रास हटाई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त  गर्दै सो  प्रतियोगितामा सहभागि हुन को लागि अनुरोध गरेकी छिन ।फागुन २४ गते बिहान साढे सात बजे जोरपाटि चोकबाट शुरु हुने उक्त दौडमा प्रथम  दितीय र तृतीय सहित सान्त्वना  पुरस्कार क्रमश रु ५ हजार, ३ हजार, रु २ हजार रु १ हजार सहित ट्रफी, मेडल र  प्रमाणपत्र  समेत प्रदान गरिनेछ । सहभागिहरुलाई टि सर्ट दिइने आयोजकले बताएका छन् । थप जानकारीको लागि

लक्ष्मी पुडासैनी: ९८४१३४६५०८

बिनिता भण्डारी: ९८४९४२१४४

तारा देवी फुयाल :९८४१४२७५६२

कविता कार्की : ९८४१८८३६९३

तपाइँको प्रतिक्रिया ।