कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

कपन अनलाइन
काठमाडौं ,फागुन १८।

कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको छ ।
क्यापिटलका अनुसार आइतबार साँझ सम्ममा ४९हजार ५५० जना आवेदकहरुबाट कुल इकाईको ५३ प्रतिशत इकाई बिक्री भइसकेको क्यापिटलका सिईओ पुष्पशर्माले जानकारी दिएका छन  ।
क्यापिटलले माघ १४गतेदेखि प्रति इकाई १० रुपैयाँअंकित दरमा८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाखइकाई सर्वसाधरणहरुलाई बिक्रीगर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८०लाख इकाई सम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।

तपाइँको प्रतिक्रिया ।