चन्द्रागिरि १ दहचोकको बाहुन डाँडामा बन्न लागेको गणेशमान सिंह स्मृति बहु प्राबिधिक शिक्षालय भवन शिलान्यास

चन्द्रागिरि १ दहचोकको बाहुन डाँडामा बन्न लागेको  गणेशमान सिंह स्मृति बहु प्राबिधिक शिक्षालय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं फागुन १८ । चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकको बाहुन डाँडामा गणेशमान सिंह स्मृति बहु प्राबिधिक शिक्षालय भवनको शिलान्यास गरिएको छ । आगामी २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको भवनको सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले बैदिक बिधि अनुसार भुमिपुजन सित  शिलान्यास गरेका हुन्  ।

भवनको शिलान्यास गर्दै मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा आजको मूख्य आवश्यक्ता र विकासको संवाहक भएकाले यस शिक्षालयलाई पूर्णता दिन संघीय सरकारले कुनै कसर बाकी नराख्ने बताएका थिए  । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)द्धारा सञ्चालन हुने शिक्षालयमा कृषि, पशु विज्ञान, होटेल म्यानेज्मेन्ट तथा आवश्यक्ता अनुसार अन्य विषय पनि पठन पाठन हुने चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र केसीले जानकारी दिएका छन् ।

करिब ४७ रोपनी क्षेत्रफलमा बन्न लागेको शिक्षालयले चन्द्रागिरिमा मात्र नभएर देशमै व्यावहारीक शिक्षा दिने अब्बल शिक्षालय बन्ने शिक्षालय निर्माण समितिका अध्यक्ष हरिशरण बताएका छन् ।कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिव सुन्दर राज बैद्यनगर प्रमुख घनश्याम गिरी,वडा नं १ का अध्यक्ष राजेन्द्र के.सी.,सिटिइभिटी लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिको साथै स्थानीयको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।