प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल आज बाट शुरु

कपन अनलाइन

काठमाडौं ,फागुन ५।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सक) ले उपत्यका व्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिता फागुन ५ गते   बाट शुरु हुने भएको छ  ।उपत्यकाका ३० विद्यालयको ३० वटा टिमले भाग लिने प्रतियोगिता यही फागुन ५ गते देखि ७ गते सम्म सञ्चालन हुनेछ।

कक्षा १० सम्मका विद्यार्थीले भाग लिन पाउने प्रतियोगिताको प्रथम हुने टिमले नगद १० हजार सहित मेडल तथा ट्रफी, द्वितीय तृतीय र चौथो हुने टिमले क्रमशः ७ हजार, ५ हजार, ३ हजार नगद, मेडल र ट्रफी पाउनेछन्।प्रतोयोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले समेत मेडल तथा ट्रफी पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

कपन हाइटमा रहेको ग्रीन विस फुटसलमा प्रतियोगिताको उद्घाटन खेल प्र्याक्सिस इन्टरनेसनल एकेडेमी र विभूति प्रज्ञा निकेतन बीच फागुन  हुनेछ।

तपाइँको प्रतिक्रिया ।