कुपण्डोलको एक घरमा युवतीको शव भेटियो

कुपण्डोलको एक घरमा युवतीको शव भेटियो

कपन अनलाइन

काठमाडौं ,फागुन ५।

कुपण्डोलस्थित् एक घरमा कोठाभित्र एक युवती मृत फेला परेकी छन्। झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेकी युवती सिन्धुलीको कमलामाई नगरपालिका १ घर भएकी १९ वर्षीय दुर्गा पहाडी रहेकी प्रहरीले जनाएको छ।

आफू बस्ने कोठाको दुवै ढोकामा भित्रबाट चुकुल लगाएको अवस्थामा युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर ललितुरका एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्। युवती मृत रहेको भन्ने जानकारी आएपछि प्रहरी टोली सोमबार दिउँसो ११ बजे घटनास्थल पुगेको थियो।

भित्रबाट ढोका लगाएको अवस्थामा मृत रहेको देखिएपछि ढोका फोडेर प्रहरीले मुचुल्का उठाइएर शव उठाएको थियो। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा ती किशोरीले आत्महत्या गरेको हुनसक्ने अनुमान छ।

तर, युवतीको परिवारले भने आत्महत्या नभई हत्या हुनसक्ने भन्दै शव बुझ्न अस्वीकार गरेका छन्।

तपाइँको प्रतिक्रिया ।