गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं माघ २० । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले सार्वजनिक सुचना जारी गरेको छ । कार्यवाहक वडा अध्यक्ष लक्ष्मण लामा गोलेले जारी गरेको सुचनामा निर्वाचन आयोगको मतदाता नामावली अध्यावधिक तथा दाबि बिरोध समेतको कार्यक्रम २०७७ अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको मतदाता नामावली अध्यावधिक कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गरिएको छ।
सोहि कार्यक्रमको मिति र समयमा आफ्नो तथा परिवारको मतदाता परिचय पत्रमा त्रुटीहरु भएमा सच्याउन दाबि बिरोध गर्न दोहोरो नाम भएमा हटाउन र मतदाताको मृत्यु भई वा नागरिकता त्याग गरि मतदाता नामावली बाट नाम हटाउन पर्ने भएमा प्रमाण सहित सहायक नाम दर्ता अधिकारीको कार्यलयमा उपस्थित भई अनुसूची ३को निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सो सुचना प्रकशित गरिएको उल्लेख गरिएको छ ।
तपशिल
सम्पर्क कार्यालय : गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडा कार्यालय भवन