Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/144512403_4354509334566066_1275709643099022425_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/143841606_532911850931139_5659289149232295845_n-scaled-e1611995590900.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मनोहरा जेसिज द्वारा कागेश्वरी मनोहरा ४ को कान्ति भैरब मन्दिर परिसर सरसफाई

कपन अनलाइन

काठमाडौँ, माघ १७। कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कान्ति भैरब मन्दिर परिसर सरसफाई गरिएको छ । आज बिहान मनोहरा जेसिजको आयोजनामा उक्त स्थान सरसफाई गरिनुको साथै सरसफाई सम्बन्धि जनचेतना समेत जगाइएको मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष जेसी सागर रोक्काले कपन अनलाइनलाइ जानकारी गराए  ।

उक्त कार्यक्रममा मनोहरा जेसिजका सदस्यहरुको साथै स्थानीयको पनि उपस्थिति रहेको  थियो ।मन्दिरमा पुजा गर्न आउदा हुने फोहोर व्यवस्थापन गरि मन्दिर क्षेत्रलाई सफा र सुन्दर बनाउने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरेको मनोहरा जेसिजका वर्ष २०२१का अध्यक्ष जेसी सागर रोक्काले बताए।

देख्दा सामान्य  भए पनि सरसफाई जस्तो महत्वपूर्ण कार्यले समाजमा सकारात्मक प्रभाब पार्ने बताउदै भबिष्यमा  समाजको लागि आवश्यक पर्ने असल र सभ्य नेतृत्व गर्ने युवाहरु तयार गर्न र युवाहरुलाई उद्ध्यमशिलता तर्फा उन्मुख गराउदै विश्व बन्धुत्व भावनाको विकास गर्न मनोहरा जेसिज लागिरहने बताए ।उनले आगामी दिनमा सरसफाई लगायतका सामाजिक  कामलाई निरन्तरता दिंदै जाने बताए ।

तपाइँको प्रतिक्रिया ।