मानव बेचविखनबाट प्रभावितहरुको उद्धारका लागि एकिकृत मापदण्ड बनाउनुपर्नेमा जोड

कपन अनलाइन

काठमाडौं ,माघ १३  । विश्वमा हुने संगठित  अपराध मध्येको एक मानव बेचविखनबाट प्रभावितहरुको उद्धारका लागि एकिकृत मापदण्ड बनाउनुपर्नेमा जोड दिएको छ ।

मानव बेचविखनको क्षेत्रमा लामो समयदेखि क्रियासिल संस्था एटविनले रोजगारीको नाममा हुने यस साब्ठनिक अपराधबाट प्रभावितको उद्धार विभिन्न संस्थाको पहलमा जारी नै छ तरउद्धार, संरक्षण, क्षतिपूर्तिका लागि उद्धारकर्ता संस्था तथा प्रभावितलाई सहज बनाउन त्यस्तो मापदण्डको बनाउन राष्ट्रिय परामर्शको आयोजना गरेको हो ।
एटविनका अध्यक्ष नातीसरा राईको अध्यक्षतामा मब्गलवार राजधानीमा उक्त मापदण्ड बनाउन मानब बेचविखनबाट पीडित/प्रभावित व्यक्तिहरुको उद्धार तथा फिर्तिका  लागि कार्य सञ्चालन प्रक्रिया सम्वन्धी मापदण्डको मस्यौदाबारे राष्ट्रिय परामर्श कार्यक्रमको
आयोजना गरेको हो ।
कार्यक्रममा सो मापदण्डको मस्यौदाबारे कार्यपत्र प्रस्तुत गर्दै स्रोत व्यक्ति रत्नकाजी बज्राचार्यले विश्वभरमा हुने साब्गठनिक अपराध मध्ये दोस्रोमा पर्ने मानवबेचविखनबाट प्रभावितको उद्धार गर्न एकिकृत मापदण्ड भए यस क्षेत्रमा काम गर्ने सेवाप्रदायक संस्थाको झण्झट कम हुने र प्रभावितको छिटो उद्धार गर्न सकिने धारणा राखेका थिए।
एनविनका कार्यकारी निर्देशक बेनुमाया गुरुबले वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा मानव बेचविखनबाट प्रभावितको उद्धार कार्यमा हरेक निकायमा फरक/फरक प्रकृतिको समस्या हुँदै आएको बताएका थिए ।

उनले कार्यकारी निर्देशक गुरुबले विभिन्न संस्थाको सहकार्यमा गर्नुपर्ने उद्धारको काममा हरेक पटक नयाँ समस्याको समाधानमा लाग्नुपर्ने अवस्था हटाउन उक्त मापदण्ड कार्यान्वयनमा ल्याउन मस्यौदामाथि छलफलको आयोजना गरिएको जानकारी दिएका थिए ।

एनविनको महासचिव बालकुमारी दर्लामीले मानव बेचविखनबाट प्रभावितको उद्धारका लागि निश्चित मापदण्ड बनेर प्रभावितको उद्धारमा छिटो छरितो हुने र तथ्याब्कमा पनि एकरुपता आउने विश्वास व्यक्त गरेकी थिइन्।

मानव बेचविखनबाट प्रभावितको उद्धार तथा संरक्षण गृह सञ्चालन गरिरहनुभएका एटविनका सदस्य संस्थाको पदाधिकारीको सहभागिता रहेको सो कार्यक्रममा उक्त मापदण्डको
मस्यौदाबारे समुहगत छलफल भएको थियो ।छलफलमा सहभागीले मस्यौदामा थपघट गर्नुपर्ने बुँदागत टिप्पणी गरेका थिए।

तपाइँको प्रतिक्रिया ।