बुढानिलकण्ठ नगरपालिकासँगको साझेदारीमा चाइल्ड नेपालको तालिम सुरु
कपन अनलाइन
काठमाडौं ,माघ १०।
बुढानीलकण्ठ नगरपालिका र चाइल्ड नेपालको साझेदारीमा प्रारम्भिक बालविकास सम्बन्धी सात दिने तालिमको औपचारिक शुभारम्भ भएको छ ।
नगरपालिकाका १९ विद्यालयका २९ जना बाल विकास सहजकर्ता र कक्षा एकका शिक्षकहरु सहभागी रहेको तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख उद्धवप्रसाद खरेलले प्रारम्भिक बालकाविकासलाई प्रभावकारी बनाउन यो तालिम निकै फलदायी रहने र नगरका सबै विद्यालयहरुमा बालमैत्री वातावरण निर्माण टेवा पुर्याउने बताएका थिए।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बैकुण्डप्रसाद सापकोटाले तालिमका सिकाईहरुलाई व्यवहारिक कार्यान्वयनमा जोड दिएका थिए।
कार्यक्रममा चाइल्ड नेपालका सचिव रत्न उप्रेतीले तालिमले सबै विद्यालयहरुमा प्रारम्भिक बाल विकासलाई सवल बनाउने जोड दिँदै नगरपालिकासँग साझेदारीमा अन्य कार्यक्रमहरु पनि सञ्चालनमा ल्याउने बताएका थिए ।
त्यस्तै शिक्षा प्रमुख जगन्नाथ उपाध्यायले सबै सहभागीहरुले तालिमबाट बढीभन्दा बढी फाइदा लिँदै कक्षाकोठामा व्यवहारमा ल्याउन सबैलाई आग्रह गरेका थिए ।
सहयोगी संस्था Planete Enfants and Developpement का माया भेरविष्टले तालिम पश्चात अनुगमनमा सबै विद्यालयमा आउने प्रतिवद्धता व्यक्त गरेको तालिम माघ १५ गतेसम्म सञ्चालन हुनेछ।
तपाइँको प्रतिक्रिया ।