गोकर्णेश्वर ४ का समाजसेवी लायन राजकृष्ण श्रेष्ठ द्वारा ५ महिनाको घर भाडा नलिने घोषणा

कपन अनलाइन

काठमाडौं माघ १० । गोकर्णेश्वर नगरपालिका वडा नं ४ निवासी समाजसेवी लायन राजकृष्ण श्रेष्ठले घर भाडा  नलिने घोषणा गरेका छन् । देशमा नोवेल कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र लक डाउनका कारण भाडा दिन नसक्ने अवस्थामा पुगेकालाई भाडामा कर गरेर समस्यामा पार्नु भन्दा केही सहुलियत होस् भनेर पांच महिनाको घर भाडा नलिने घोषणा गरेको कपन अनलाइनलाइ जानकारी गराए । उनले आफ्नो गोकर्णेश्वर नगरपालिका वडा नं ४मा रहेको घरमा भाडामा बस्ने हरुलाई एक महिनाको  घर भाडा नलिने  त्यसै गरि कागेश्वरी मनोहरा नगरपालिका वडा नं २मा बस्नेहरुको ५ महिनाको घर भाडा नलिने घोषणा गरेका हुन ।

कोरोना संक्रमणको जोखिममा सरकारले कोरोना संक्रमण रोक्नका लागि गरेको पहललाई साथ दिँदै आफू र आफ्नो परिवारले यस्तो निर्णय गरेको  समाजसेवी लायन राजकृष्ण श्रेष्ठले जानकारी गराए  । समाज सेवामा सक्रिय रहदै आएका श्रेष्ठले भाडा नलिने घोषणा गरेसँगै भाडामा बस्दै आएका हरुले निकै राहत महसुस भएको बताएका छन् ।कोरोनाको संक्रमणका कारण बिश्व नै आतंकित भइरहेको अवस्थामा ‘एक मानवले अर्का मानवलाई सहयोग गर्नु’ मानवीय दायित्व भएकाले आफ्नो घरको कोठा भाडामा लिएर बस्ने व्यक्तीलाई भाडा मिनाहा गरिदिएको  उनले बताए ।

 लकडाउनको समयमा खाद्यान्न संकट उत्पन्न भए पश्चात् केही सहयोगी हातहरू पनि सेवा भावले निस्के, त्यहि भीडमा निरन्तर सेवा गर्दै सामाजिक क्षेत्रमा कृयाशील व्यक्ति  राजकृष्ण श्रेष्ठ पनि निरन्तर लायन्स क्लब बाट  सेवामा लागिरहेका थिए  । उनले स्वास्थ्यमा समस्या आएका बिरामीहरुको लागि  अस्पताल सम्म लैजानको लागि आफ्नो निजि गाडी समेत प्रयोगमा ल्याउन दिने घोषणा  गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।