बुढानिलकण्ठ नगरपालिकामा एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण 

बुढानिलकण्ठ नगरपालिकामा एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण 

कपन अनलाइन

काठमाडौं, पौष २८ ।बुढानिलकण्ठ नगरपालिकामा एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण  सम्पन्न भएको छ ।वेव बैँक नेपालको संयोजनमा सचालन भएको कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको थियो ।

 सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ  आयोजना गरिएको कार्यक्रमको अध्यक्षता बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले गरेका थिए।  उक्त कार्यक्रममा  प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ  नगरपालिकाका नगर प्रमुख उद्धव खरेल रहेका थिए भने बिशेष अतिथिको रुपमा उपप्रमुख रमा राई, प्रमुख प्रशासकीय अधिकृत  बैकुण्ठ सापकोटा, महाराजगंज वृत प्रमुख  प्रहरी नायव उपरिक्षक, रोशन खड्का, प्रहरी निरिक्षक राजकुमार सिंह,  बुढानिलकण्ठका  सम्वन्धित शाखा प्रमुखहरु, बुढानिलकण्ठ नगरपालिकाका बिभिन्न वडाका  वडाध्यक्ष एवं वडा प्रतिनिधिहरु लगायत  नागरिक समाजका व्यक्तिहरुको  उपस्थिति रहेको थियो ।

बिगत १५ बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक हेमपाल श्रेष्ठले  प्रशिक्षण गरेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गरेका थिए  भने नेपाल प्रहरी सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरिक्षक राजकुमार सिंहले सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीहरुले कार्यक्रमको दौरानमा साइवर अपराधको कारण भोगेका पीडाहरु आदानप्रदान गर्दै त्यसको निवाकरणका लागि नेपाल प्रहरी संग गुनासो सुनुवाई गर्न आग्रह समेत गरेका थिए ।

सहभागीहरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिकाका अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो ।

तपाइँको प्रतिक्रिया ।