हार नै जितको सुरुवात : समिर अधिकारी

हार नै जितको सुरुवात : समिर अधिकारी

कपन अनलाइन

काठमाडौं ,मंसिर १३।

हार भयो त के भो यसलाई नै अन्त्य भनी नठान
हार नै जितको सुुरुवात हो दुःख कत्ति पनि नमान
गर्दै सिक्दै सिक्दै गर्दै
यही नै जीवन संघर्षमा प्रमुख नीति आफ्नो बनाउने हो
फैसला छ अर्कैको हातमा
तिमीले त केवल हर कर्ममा सहभागिता मात्र जनाउने हो
नराखे कुनै हिसाब किताब
हारमा के–के अनि कति तिमीले गुमायौ ।
बरु हेक्का चाहिँ राखे मनमा
कस्तो ज्ञान यसबाट तिमीले कमायौ
मोतीसरी ती अश्रुदाना व्यर्थमा तिमी नबगाउँ
शोकलाई शक्तिमा बदल्दै साहस मनमा जगाउँ
सङ्घर्षको बाटोमा नजाने कति परीक्षा तिमीले दिनु छ
हारजीत त भइरहला लगनशीलतालाई साथ लिनु छ
अनवरत परिश्रमी भइ
कर्मठताको दरिलो बाटो तिमी सदा समाउनु
नगरी अफसोच हिजोको
नलिइ भोलिको चिन्ता बस आजमा रमाउनु
दृढ भइ कर्तव्यपथमा लम्किदै जाउ पाइला आफैं पहिलिनेछ
एकदिन अवश्य यश र कृति तिम्रो सारा जगतमा फैलिनेछ ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।