Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/128344037_181213863664301_330663559568983127_n-e1606531001726.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/127162612_447438799990702_6197501090591095630_n-1-e1606531145427.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मानव सेवा आश्रम ललितपुरलाइ लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौँ,मंगसिर १३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका क्लबहरुले ‘मानव सेवा आश्रम’ ललितपुरलाई आर्थिक सहयोग गरेका छन्। शुक्रबार लायन्स क्लब अफ काठमाडौं पिपुल्स, भ्याली सेन्टनेनियल, धापाखेल, ललितपुर, मोडेल, ग्लोबल आई, अन्नपूर्ण र आङ्ना पाँचथरले नेपाल लायन्स फाउन्डेसन (एन एल एफ )मार्फत नगद रु २ लाख १० हजार सहयोग गरेका हुन्।

शुक्रबार धापाखेलमा लायन्स क्लब अफ काठमाडौं धापाखेलले आयोजना गरेको डिस्ट्रिक गभर्नस सेकेन्ड एडभाइजरी कमिटि मिटिंगको अवसरमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले मानव सेवा आश्रमका केन्द्रीय उपाध्यक्ष धर्म प्रसाद पौडेललाइ हस्तान्तरण गरेका थिए ।कार्यक्रममा क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब   चिफ गभर्नर्स एड लायन हरि दाहाल, जोन चियरपर्सन भरत शर्मा कपी ब्यांक चिफ लायन राम शरण दहाल लगायत बिभिन्न लायन्स क्लबका लिडर तथा सदस्यहरु सहित मानब सेवा आश्रम ललितपुरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

८ वर्षअघि ‘बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल’ भन्ने प्रतिवद्धतासहित स्थापना भएको मानव सेवा आश्रमले हाल नेपालभर १४ स्थानमा आफ्नो आश्रम सञ्चालनमा ल्याएको छ। सडकमा मानसिक सन्तुलन गुमाएका, वृद्ध भएर वा अपाङ्ग भएर वा कुनै रोगको उपचार गर्न नसकेर सडकमै अलपत्र भएका, चौतारीमै रात काट्न बाध्य भएका मानिसलाई आश्रय दिनका लागि मानव सेवा आश्रम खोलिएको हो ।छिट्टै नेपालका अन्य १० स्थानमा पनि आश्रम बनाउने लक्ष्य रहेको आश्रमले जनाएको छ।

तपाइँको प्रतिक्रिया ।