शुभकामना : पवनकुमार बुढाथोकी (कविता )

शुभकामना : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२।

बिश्व बन्धुत्व झाङ्गियर फलोस फुलोस
शान्तिर स्थायित्वको साथ पनि नछुटोस
प्रगति र विकासको मूल सबैतिर फुटोस
ज्ञान, बुद्धि, विवेक र बिज्ञान सबैमा फुरोस !

यस्तै छन,हुनु पर्दछ हाम्रा र सबकाचाहना
लिनुमा मात्र खूसी हुनुभन्दा दिनुमा नि सन्तुष्टी ठान
आफ्ना त यसै छन उसै छन अर्कालाई धेरै मान
दम्भले ठुलो भैईन्छ भनेर त कदापि नठान !

खुम्चिनु भन्दा फैलनुमा नै छ सबैको सान
आफ्नो मात्रै जाती, भेष, भाषा र क्षेत्र ठुलो नठान
बरू, आफ्नो त यसै छ उसै छ अर्कालाई पनिमान
सन्तुष्टीनै स्वर्गीय आनन्दहो, असन्तोष दूखःहो जान !

यस्तै छ हुनु पर्दछ मानव हामीका पबित्र चाहना
मै लाउँ मै खाउँ भन्ने मात्रै हुनु हुँदैन है कामना
आफू मात्रै हैन अरुलाई पनिदिनु पर्दछ रहन
ईष्र्या मात्रै हैन जान्नु पर्दछ अर्कालाई पनि सहन !

बुद्धि, विवेक, विकास र सद्भावनालाई सधैँ पच्छाउँ
पद्धति नभै केही हुँदैन सबै समस्या यसैद्वारा सल्ट्याउँ
अज्ञानता, गरिबी र पछौटेपनलाई टाढा गलहत्याउँ
होस् यस्तै सबका चाहना, यो दशै तिहारको सबैमा शुभकामना !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।