डमी मृत्यु : पेशल आचार्य (कविता )

डमी मृत्यु : पेशल आचार्य (कविता )

कपन अनलाइन

काठमाडौं ,कार्तिक २२।

ए ! सरकार !!
म मरेको छैन
भोकले त मर्दै मर्दिन
मात्र मृत्युको रिहर्षल हो यो !

तिम्रो राज्यमा
मर्न पनि आदेश चाहिन्छ हो ?
त्यसैले म मृत्युको
साँचो अनुभूति गर्न
एउटा डमी मृत्यु मर्दैछु

भोकले पनि कोही मर्छ नेपालाँ
भन्ने कुरा सार्थक बनाउन
म बास्तविक मृत्युको अनुभव गर्न
एउटा मामुली
प्रतिलिपि मृत्यु मर्दैछु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।