बुढानिलकण्ठ ११ जगडोलमा हुदै आएको चंगा चेट र फुड फेस्टिवल स्थगित
कपन अनलाइन
काठमाडौं, असोज ६। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि प्रत्येक वर्ष हुदै आएको चंगा चेट र फुड फेस्टिवल यस पटक नहुने भएको छ ।यज्ञडोल जगडोल युवा क्लबले प्रत्येक वर्ष बडा दशैको फूलपातीको दिन जगडोल झण्डा पार्क परिसरमा आयोजना गर्दै आएको चंगा चेट र फुड फेस्टिवल यस पटक विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै यसपटक स्थगित गरिएको यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष सन्जय पौडेलले कपन अनलाइनलाइ जानकारी गराए।
उनले त्यस्ता कार्यक्रम गर्दा भिड भाड हुने र भिड भाडमा कोरोना संक्रमणको जोखिम उच्च भएको हुँदा हाल लाइ सो कार्यक्रम स्थगित गरिएको जानकारी गराए । उनले यस पटकको दशैँ जो जहाँ छन् त्यहि स्वास्थ्यको ख्याल गर्दै शुरक्षित रुपले मनाउन अनुरोध गर्दै कोरोना बाट आफु पनि बाँचौ र अरुलाई पनि बचाउन समेत अनुरोध गरेका छन ।
यज्ञडोल जगडोल युवा क्लबले बिभिन्न समयमा रचनात्मक सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको छ सो क्लबले अन्य संघ संस्थाहरु संगको समन्वयमा जगडोल देखि तारेभिर सम्मको सरसफाई गर्नु को साथै फोहोर व्यवस्थापनको लागि डस्टबिन राख्नुको साथै सो स्थानमा अव्यवस्थित धार्मिक सम्प्रदायका झल्लर/तोरण लाइ हटाइ सचेतना मुलक संदेशहरु समेत राख्दै आएका छन ।
फाइल फोटो : सरोज बस्नेत