टोखा नगरपालिका वडा नं ३ का जनप्रतिनिधिमा कोरोना संक्रमण ,वडा कार्यालय बन्द

कपन अनलाइन

काठमाडौं ,कार्तिक ६ ।

जनप्रतिनिधिलाईनै कोरोना संक्रमण पुष्टि भएपछि टोखा नगरपालिका वडा नं ३ कार्यालय कार्तिक १५ गतेसम्म बन्द हुनेभएको छ ।

बुधबार जनप्रतिनिधिमा कोरोना संक्रमण पोजिटिभ देखिएकाले कार्तिक ६ गतेदेखि १५ गतेसम्मका लागि वडा कार्यालय बन्द गरिन लागेको वडा नं ३ का अध्यक्ष सिहराज श्रेष्ठले बताएका छन् ।

टोखा नगरपालिकाका वडाहरू मध्य यस वडामा कोरोना संक्रमितहरूको संख्या बढिरहेको छ । यस वडामा संक्रमितको संख्या २३६ पुगेको छ । जसमध्ये १४५ जना निको भैसकेका छन् भने ९१ जना सकृय संक्रमित रहेका छन् । मंगलबार मात्रै ७ जना नयाँ संक्रमित थपिएका थिए ।

तपाइँको प्रतिक्रिया ।