कागेश्वरी मनोहरा नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहन रकम वितरण

कागेश्वरी मनोहरा नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहन रकम वितरण

कपन अनलाइन

काठमाडौं असोज २३। कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम बितरण गरिएको छ । शुक्रबार  प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेको प्रमुख आतिथ्यतामा भएको सो  कार्यक्रममा कागेश्वरी मनोहरा  नगरपालिकाले वडा नं. ४, ५ र ६ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम उपलब्ध गराएको हो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरीता न्यौपाने र नगर प्रमुख कृष्णहरि थापाले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम प्रदान गरेका थिए ।नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुले गरेको कार्यको उच्च मूल्यांकन गरेर सम्मान सहित प्रोत्साहन रकम प्रदान गरिएको बताउदै नगर प्रमुख थापाले आगामी दिनमा अझ बढि सक्रिय भएर स्वास्थ्य सेवा नगरबासीलाई प्रदान गर्ने कार्यमा लाग्न महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता न्यौपानेले आयोजकलाइ धन्यबाद दिदै हिजोको दिन मातृ शिशु मृत्युदर अन्तको लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुको समर्पण र अतुलनीय भूमिकाको कारण मातृ तथा शिशु मृत्युदरमा कमि आएको बताइन  ।उनले कोरोना क नियन्त्रणको लागि पनि महिला स्वयम सेविकाहरुको महत्वपुर्ण भूमिका हुने भन्दै जनचेतना जगाउने काममा सुरक्षित भएर लाग्न पनि अनुरोध गरेकी थिइन।  कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकामा कार्यरत १ सय १८ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा मासिक रु.१ हजारका दरले प्रोत्साहन भत्ता उपलब्ध गराउने क्रममा वडा नं. ४, ५ र ६ मा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान तथा प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर उप प्रमुख बिन्दु पुडासैनी सिम्खडा , वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारी ,वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, नगरपालिकाका कोभिड फोकल पर्शन लक्ष्मी कोइराला लगायत स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउने लगायत स्वास्थ्यका आधारभूत काममा साथ दिदै आइरहेका छन्।नगरपालिकाले नगरका सबै वडाहरुमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मासिक रुपमा प्रोत्साहन भत्ता उपलब्ध गराउदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।