कोरोना पराजित गरि चाडै सामाजिक कार्यमा सक्रिय हुनेछु :लायन रेवत बहादुर कार्की

कोरोना पराजित गरि चाडै सामाजिक कार्यमा सक्रिय हुनेछु :लायन रेवत बहादुर कार्की

कपन अनलाइन

बिराटनगर, असोज २४। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्कीले चाडै कोरोना जितेर सामाजिक कार्यमा सक्रिय रहेने बताएका छन। लायन्स क्लब मार्फत कोरोना कहरको बीच सामाजिक तथा मानबिय सेवामा सक्रिय रहेका उनि कोरोना पोजेटिभ देखिए संगै होम आइसोलेसनमा बसेका छन ।

सामाजिक सञ्‍जालमार्फत  लायन रेवत बहादुर कार्कीले कोरोना रोकथाम तथा नियन्त्रणको साथै कोरोनाको कारण सरकारले जारि गरेको लकडाउन तथा निषेधाज्ञा बाट सिर्जित समस्या न्यूनीकरण गर्दै सामाजिक तथा मानबिय सेवामा खटिदै अरुको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको जानकारी दिएका छन ।संक्रमण पुष्टि भए संगै उनले सामाजिक संजाल मार्फत  कोभिड सदस्यता प्राप्त गरेको जानकारी गराउदै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन।

कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै  उनले आफू छिटै कोभिड-१९ कोरोना संक्रमण मुक्त हुने विश्वास व्यक्त गरेका छन । उनले आफूलाई संक्रमण पुष्टि भए सँगै होम आइसोलेसनमा बसेको जानकारी दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको र चाडै कोरोना जितेर जनसेवामा फर्किने बताएका  छन ।

उनले अहिले  स्वास्थ्य अवस्था ठिक रहेको बताउँदै कोरोनलाई पराजित गर्न सक्ने आत्मविश्वास आफू संग रहेको बताएका  छन ।कोरोना महामारीको समयमा सामाजिक सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ’, उनले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ । चाँडै निको भएर थप सक्रिय भएर सामाजिक काममा फर्किनेछु ।’

कोरोना संक्रमणको यो घडिमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सबैलाई अनुरोध गर्दै  विभिन्न माध्यमबाट आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  जहाँ आवश्यकता त्यहा लायन्स भन्ने मूल नाराको साथमा आफ्नो दायित्व पुरा गर्ने क्रममा आफूलाई संक्रमण भएको बताउदै उनले  सम्पूर्ण लायन्स लिडर सदस्य  तथा  शुभ चिन्तकहरुले गरेको सदभाव र सुभेच्छा तथा स्वास्थ्य लाभको कामनाले  चाडै  कोरोना जित्ने आत्मबल बढेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।