लायन्स क्लब द्वारा शंखरापुरको “जिवन उत्थान केन्द्र,मानव सेवा सदनमा खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं,भाद्र १३। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाण्डौं डाँफे तथा लायन्स क्लब अफ सिन्धुपाल्चोकको संयुक्त आयोजनामा आयोजित “खाद्य सामाग्री वितरण गरिएको छ।
शनिबार शंखरापुर नगरपालिका वडा नं. ६, सलम्बुटार, साँखु स्थित बौद्धिक अपाङ्ग आवासिय स्कुलको रुपमा रहेको “जिवन उत्थान केन्द्र, मानव सेवा सदन”मा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको हो।
उक्त संस्थामा बालकालिकाहरुको लागि आवस्यक पर्ने खाद्य सामग्री अभाव भएकोले सहयोगको अपेक्षा सहित आश्रमको संचालक राजेश कृष्ण मानन्धर लायन्स क्लब अफ काठमाण्डौं डाँफेलाई जानकारी गराए पश्चात लायन्स क्लब अफ काठमाण्डौं डाँफे तथा लायन्स क्लब अफ सिन्धुपाल्चोकका सदस्यहरुको आपसी समन्वय र आर्थिक सहयोगले तत्कालको लागि राहत पुराउने उद्देश्यले आश्रममा अश्रित बालबालिकाहरुको लागि करिव १ महिनालाइ पुग्ने खाद्य सामाग्रि वितरण गरिएको लायन बच्चुराम शर्मा कुइकेलले जानकारी गराए ।लायन्स क्लबले कोभिड १९ प्रकोपका बीच सामाजिक तथा मानवीय सेवालाइ निरन्तरता दिदै आएको छ ।