सिन्धुपाल्चोकका प्रजिअलाई जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको प्रश्न ?

सिन्धुपाल्चोकका प्रजिअलाई जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको प्रश्न ?

कपन अनलाइन

काठमाडौं ,साउन ३२/दिपक विक्रम देउजा 

जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले गरेको टिप्पणी भनेर संचार माध्यम र सामाजिक संजालमा आएका वडा नं २ लिदीमा गएको पहिरो पिडितलाई राहतका विषयमा प्रश्न गरेका छन

गाउँपालिका महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो सामाजिक संजालमा लामो स्टाटस लेख्दै संकटको घडीमा एकले अर्कोलाई दोष देखाएर पन्छिने बेला हैन भन्दै उच्च जोखिम रहेका सानो नाम्फा ,नाम्फा, लिदी, सुकुली, सन्चगाउ, झुल्के, निम्लुङ सहितका ४८८ घरधुरीको  विवरण सहित पठाएको अनुरोध पत्रको मसी नसुक्दै यो बिपत्ति भोग्नु परेको वेलामा जिल्लाकै विपद व्यवस्थापनको नेतृत्व गर्ने प्रशासक यति गैरजिम्मेवार र हलुका टीप्पणी गरेर पन्छिनु होला जस्तो नलागेको बताएका छन।  

श्रेष्ठले सामाजिक संजालमा राखेको स्टाटस :

हामीले २० थान टेन्ट र ३ सय थान त्रिपाल, सय थान कम्वल पठाएका थियौं तर स्थानीय सरकारले नबाँडेकोले लिदीमा पहिरो गएर यत्रो जनधनको क्षती भएको हो भने जसरी सिडिओ सापले आफुलाई जोगाउनु भयो रे । हामीले उच्च जोखिम रहेका सानोनाम्फा , नाम्फा, लिदी, सुकुली, सन्चगाउ, झुल्के, निम्लुङ सहितका ४८८ घरधुरी उच्च जोखिममा रहेको विवरण सहित पठाएको अनुरोध पत्रको मसी सुकेकै छैन होला । यद्यपी त्यस्तो अफ्ठेरोमा त्यती भने नि उपलब्ध गराउनु भयो धन्यवाद । सुरुमा पठाइएको १० थान, टेन्ट, २०० त्रिपाल र ५० कम्बल हो (रेकर्ड हेरनुहोला ।) ४८८ घरधुरीलाई १० थान टेन्ट टुक्रा टुक्रा पारेर बाड्नु पर्थ्यो?

फेरी पनि यो संकटको घडीमा एकले अर्कोलाई दोष देखाएर पन्छिने बेला हैन त्यसैले यस बिषयमा बोल्ने मनै थिएन । तर उहाँकै अभिव्यक्तिलाई लिएर केही मिडियाका आवरणमा रहेका दलीय कार्यकर्ता र केही राजनीतिक दलका सक्रिय समर्थकहरुले योजनावद्धरुपमा सामाजिक संजालमा एकोहोरो खनिएको ले केही बोलुँ जस्तो लाग्यो । यो विपदको घडी जिल्लाकै विपद व्यवस्थापनको नेतृत्व गर्ने प्रशासक यति गैरजिम्मेवार र हलुका टीप्पणी गरेर पन्छिनु होला जस्तो मलाई लाग्दैन ।उल्लेखित समाचारहरुमा सत्यता छैन होला । नहोस ।

एउटा टेन्टको तौल ५७ केजी हुने भएको र लिदीकोे बाटो निकै अफटेरो भएकोले हेलिकोप्टर अनुमतीका लागि जिल्ला प्रशासनलाइ अनुरोध गरिएको हो । जिल्ला प्रसासनको पहलमा मात्र हेलिकप्टरको व्यवस्था हुदो रैछ । तर हामीले पाएनौ ।

बोकेर गारो हुने भाकोले मुस्कलले ३ सेट नाम्फा र ३ सेट लिदी पुरयाइयो । बोक्न पनि सजिलो हुने भएकोले त्रिपाल चाही उपयुक्त हुन्छ भनेर त्याहीका प्रभावित जनताले भने पछि जिल्ला विपद व्यवस्थापन समिती, टुकी/केयर र माननीय सरेश नेपाल मार्फत प्राप्त ४४९ थान त्रिपाल मध्ये २९१ थान वितरण गरिएको छ । लिदीमा सवैले कम्तीमा १ थान र मुल प्रभावितले २ थान त्रिपाल पाएको छ । स्टोरमा १५८ थान त्रिपाल बाँकी छ । अहिले वेल्देमा मात्र २६० घरधुरीको माग छ । अन्य वस्तीका सैयौ घरधुरी थप जोखिममा रहेको छ । तथापि हामी अरु थप ख़रीद गरेरै भए नि गर्नै पर्ने काम गर्दैछौ ।

हामी कहाँ काम गर्ने कर्मबीर भन्दा पनि गफ गर्ने नेताकै बोलवाला छ । नेता भनेको गफ गर्ने काम नगर्ने भन्ने विम्व नै बनेको छ । काम गर्नेले संकटको घडीमा समस्याको निकास निकाल्छ । गफ गर्नेले चाही संकटमा दोष अरुलाई देखाएर आफु चोखिने घटिया प्रयास गर्छ । केही मान्छेका याेजनाबद्व दुस्प्रचारले माहाेल अलिक अशान्त भएकाे छ तर असत्य स्थिर हैन र सधै रहन्दैन ।

असत्य केवल क्षणिक हुन्छ । असत्यको कुनै र कतै पनि सत्ता छैन । असत्य सधै प्रभवहिन हुन्छ तैपनी कहिले कहि असत्य बिजयी जस्तो देखिए पनि क्षणिक हुन्छ ।हाम्रा वस्ती तथा आवास क्षेत्रहरुको विध्यमान संरचना, भौगोलिक अवस्थिती, जोखिमको अवस्था अध्ययन धेरै ठुलो बहषको विषय हो । वस्ती स्थानान्तरणको त निकै पेचिलो मुद्वा छ ।

यस्ता प्राकृतिक विपत्तीको बेलामा जोडतोडले उठे पनि हामी तुरुन्तै बिर्सन्छौं । भोटेकोसी कोरिडोरमा हरेक बर्ष बिपत्ती आउछ बहष हुन्छ स्थानान्तरणको कुरा उठ्छ अनि जव कामको प्रक्रियाको कुरा आउछ हामी कहाॅ छौं हेरुम न । मान्छेलाई आफ्नो थातथलो कति प्यारो हुन्छ भन्ने अनुमान मात्र हैन तथ्य हेरुम ।

हामीले कतिवटा वस्तीसार्यौं अहिले सम्म ? भुकम्पका चिरा माथी कति वस्ति बनायौं ? यो दोस कसको ? म, तपाई, हामी यसमा कति जिम्मेवार छौं ? यसको जिम्मेवारी मेरो चाही हैन सबै त्यसको हो भनेर पन्छिन मिल्छ ? तपाई पन्छिन मिल्छ भने पन्छिनुस तर मेरो भागको जिम्मेवारीबाट म चाही पन्छिन मिल्दैन । दाेष तपाइलाइ लगाएर म पन्छिदैमा विपद टर्दैन ।
सदासयतालाइ कमजाेरी र उत्तेजनालाइ बहादुरी नठानियाेस । विपतकाे मिलेर सामना गराैं ।

तपाइँको प्रतिक्रिया ।