कोरोना माहामारीसंग जुद्धै गरेको नेपालको अर्थतन्त्र र अबको बाटो

कोरोना माहामारीसंग जुद्धै गरेको नेपालको अर्थतन्त्र र अबको बाटो

कपन अनलाइन

काठमाडौं ,साउन ३२/विवेक पनेरु

भनिन्छ भविष्य एउटा प्रश्न हो र त्यस प्रश्न सधैँ  रहस्यनै रहिरहन्छ। यसको उत्तर सायदै कसैबाट पाउन गर्होनै पर्ला। भविष्यको परिकल्पना गर्न सकिन्छ तर यकिनका साथ भोली के हुन्छ भनेर भन्न सकिदैन। यहि भोली के हुन्छ भन्ने रहस्यमा संसार चल्दै आइरहेको छ। यसरीनै मानब सभ्यता पनि भविष्यको बाटो कोर्दै  बिस्तारै विकास हुने क्रममा चल्दै आयो।

मानब सभ्यता कसरि उत्पन्न भयो हामीसंग उत्तर त छ तर अब कता पुग्छ भन्ने  प्रश्न सधैँ रहिरहने छ। यस्तै प्रश्न र उत्तर खोज्ने क्रममा मानब सभ्यतालाई टक्कर दिने ठुलो महामारीको रूपमा  कोरोना भाइरस पृथ्वीमा उत्त्पन्न भएको छ। सायद मानब समुदायले यस्तो महामारीको कल्पना पनि गरेको थिएन होला। चिनको  वुहान राज्यबाट फैलीएको यस भाइरस न त कसरि उत्पन्न भयो भन्ने तथ्यनै छ, न अब  यसको भविष्यनै थाह छ। मानब समुदायलाई चुनौतिको रुपमा देखा परेको यस भाइरसको भविष्य कसैले  देखेको छैन।

हालसम्म पृथ्वीको  करिब दुई करोड तेह्र लाख जनसंख्या यस भाइरसबाट संक्रमित भैसकेका छन् भने करिब सात लाख पैसट्ठी हजारको मृत्यु भैसकेको छ। यस भाइरसको उपचार बिधी बैज्ञानिकले पनि अहिलेसम्म  पत्ता लगाउन  सकेका छैनन्।

चिन हुदै फैलिएको कोरोना भाइरसले विश्वको धनि तथा ठुलो अर्थतन्त्र र आधुनिक स्रोतसाधन  भएको युरोप, अमेरिका जस्ता देशलाई शुद्द नराम्ररी प्रभावित बनाएको छ।

यसलाइ सिधा अर्थमा भन्नु पर्दा बिकसित  देशको अर्थतन्त्रलाइ भाइरसले धरायसिमा पारिदीएको छ। सुरुमा बिकसित देशमा आँखा गाडेको यस भाइरसले बिस्तारै अफ्रीका र एसियाको कम बिकसित देशहरुमा आँखा गाड्न सुरु गरेको छ। यस भाइरस अहिले कम  बिकसित र कम्जोर स्वास्थ्य प्रणाली तथा गरिब जनता भएको दक्षिण एसियाली राष्ट्र नेपाल, पाकिस्तान, बंगलादेश , अफघानिस्तान ,भारतमा द्रुत रूपमा फैलिएको छ। यसले गर्दा अहिले दक्षिण एसियाली देशको अर्थतन्त्र नराम्ररी  प्रभावित भएको छ।

गरिबी ,बेरोजगारी,कम्जोर स्वास्थ्य प्रणाली भएको द.एसियाली रास्ट्रमा  कोरोनाको असर अर्थतन्त्रमा देखिन थालिसकेको छ। नेपालकै सन्दर्भमा कुरा गर्दा २०१९मा ७.१ रहेको वृद्धिदर अहिले २०२०मा आएर २.५प्रतिशतमा खुम्चिएको छ।यस्तै अरु दक्षिण एसियाली  राष्ट्रको कुरा गर्दा भारतको १.९ ,बंगलादेशको २,पाकिस्तानको १.५, अफ्घानिस्तान्को -३, श्रीलंकाको १.५, भुटानको २.७ र माल्दिभ्सको -८.१ प्रतिशतले अर्थतन्त्र खुम्चिएको छ ।(श्रोत-अन्तरास्ट्रिय मुद्रा कोष २०२०)।यसरी हेर्दा कोरोनाले हाम्रो जस्तो कम बिकसित देशहरुको अर्थतन्त्रलाई लामो समयसम्म असर गर्ने देखिन्छ।

बिश्वको कम बिकसित तथा कम्जोर अर्थतन्त्र भएको देशको दर्जा पाएको नेपालले अब अर्थतन्त्र उकास्न धेरै प्रयास गर्नु पर्ने  भएको छ ।बेरोजगारी, गरिबी ,निम्न आय ,कम्जोर स्वास्थ्य प्रणाली ,भएको हाम्रो देशले कोरोना महामारी अझ फैलेमा ठुलो क्षति बेहोर्ने छ  र यसले देशको अर्थतन्त्रमा ठुलो असर गर्ने प्रक्ष्यपन गर्न सकिन्छ। मुख्यत रेमिट्यान्समा निर्भर रहेको हाम्रो अर्थतन्त्र रेमिट्यान्समै करिब १४ प्रतिशतले  गिरावट आउने  बिश्व बैंकले पनि प्रक्ष्यपन गरिसकेको छ। कोरोनाको कारणले लाखौ नेपाली घर फर्किनुको साथै विदेशमा भएकाहरु पनि बेरोजगार भएको अवस्थामा रेमिट्यान्स घट्न पुगेको छ।

यसैगरि कोरोनाको कारणले गत आर्थिक बर्षमा करिब सात अरब निर्यात घाटा  नेपालले ब्यहोरेको छ तर कृषि क्षेत्रमा पनि हाम्रो देशको अर्थतन्त्र निर्भर भएका कारणले  आर्थिक बृदिदर नकारात्मक नरहेको र ब्यापार घाटामा पनि  केहि सुधार भने देखिएको छ। कृषि  तथा अन्य  बस्तुको आयात  लकडाउन भरि घटेको हुनाले करिब   दुइसय बाइस अरबले ब्यापार घाटामा सुधार आएको देखिन्छ।

यस्तै व्यपार घाटामा केहि सुधार देखिएता पनि लकडाउन अबधि भरि करिब ७४ प्रतिशत व्यबसाय र ६१ प्रतिशत उद्योग बन्द रहेको कारणले देशको अर्थतन्त्रमा धक्का  पुगेको छ।यसले गर्दा लाखौ जनता  बेरोजगार हुनुका साथै झन्डै ३० प्रतिशत जनता गरिबीको रेखामुनी धकेलिएको आकलन गरिएको  छ ।

यसरि समग्रमा चित्रण गर्दा हाम्रो देशको अर्थतन्त्रलाइ कोरोनाले लामो समयसम्म असर गर्ने देखिन्छ। त्यसो भए अबको बाटो के त ? म एउटा बि.बि.एको विद्यार्थी भएको कारणले आफ्नो बिचारलाई यसरी प्रस्तुत गरेको छु।हाम्रो कुल ग्राह्यस्थ उत्पादनमा हेर्ने हो भने मुख्यत कृषी, सेवा र उद्योग क्षेत्रबाट योगदान भएको पाइन्छ। २०१९को तथ्यांक हेर्दा कृषिबाट २४.२६ प्रतिशत,सेवाबाट ५०.६१ प्रतिशत र उद्योग क्षेत्रबाट १३.३१ प्रतिशत कुल ग्राह्यस्थ उत्पादनमा योगदान भएको पाइएको छ।

तर कोरोना भाइरस महामारीको कारणले अहिले २०२० मा आइपुग्दा यो सबै क्षेत्रको उत्पादन र योगदान घटेको  पाइन्छ। यसरी समग्रमा हेर्दा सेवा पछीको प्रमुख अर्थिक  क्षेत्र कृषिलाई मान्न सकिन्छ। सेवा उत्पादन मुलक क्षेत्र नभएकाले अब राज्यले कृषि क्षेत्रलाई  आधर मानेर देशको अर्थतन्त्र उकास्न विशेष जोड दिनुपर्ने आवश्यक देखिन्छ।

हाम्रो देशमा  करिब ६०प्रतिशत जनता कृषिमा निर्भर छन्। त्यसैगरि कोरोनाको कारणले धेरै नेपाली स्वदेसिएका छन्। यस्तो अवस्थामा गाउँ गाउँबाट कृषि क्रान्तिको अभियान चलाएर अर्थतन्त्र सबल बनाउनपर्ने आवस्यक देखिन्छ। कृषि क्षेत्रलाई लक्ष्यित गरि राज्यले विशेष आर्थिक प्याकेज ल्याउन पर्छ।

यस्तै कृषिमा प्रयोग हुने स्रोत साधनमा सरकारले अनुदान, बजार ब्यबस्थापन, उचित मुल्य तर्जुमा, कृषिमा लगानी गर्नेलाइ सरल कर्जा र ब्याजमा अनुदान, बाझो जमीन राख्नेलाई कार्बही, माटो परिक्षण गरेर  जमीन अनुसारको खेतीमा सरकारले जोड दिनसके देशको अर्थतन्त्र माथी उठ्नुको साथै देशले समृद्धिको बाटो पाउने छ। यसले देशको परनिर्भरता, ब्यपार घाटा घट्नुको साथै देशमा रोजगारिको अबसर सिर्जना भैइ गरिबी अन्त्य हुने देखिन्छ। कृषिमा मात्र नभई सरकारले रोजगारि सिर्जना गर्नको निम्ति बिदेशबाट फर्किएकालाई उनीहरुले सिकेको सीप अनुसार रोजगार दिनुपर्ने हुन्छ।

यसरी सरकारले “एक घर एक रोजगार”कार्यक्रम, बिदेशबाट फर्किएकालाई समाबेश गर्दै प्राबिधिक शिक्षा, बेरोजगारि भत्ता, उत्पादन मुलक क्षेत्रमा लगानी गर्नेलाई  अनुदान, निम्न तथा गरीब बर्ग पहिचान गरि सीप अनुसारको रोजगारको ब्यवस्था र प्रत्येकको बैंक खाता खोलेर सामाजिक सुरक्षा भत्ता,पर्यटन क्षेत्रलाई राहत प्याकेज, वैदेशिक  लगानी भित्राउनको लागी विशेष प्याकेज, कोरोनाले असर पारेको  ब्यपार व्यावसायलाई ब्याज र सावाँ भुक्तानीको लागि सहजता जस्ता महत्त्वपूर्ण कुरामा ध्यान दिन सकेमा   देशको अर्थतन्त्रलाई ठुलो क्षती हुनबाट जोगाउन सकिने देखिन्छ र अर्थतन्त्रले पनि समृद्धिको बाटो पाउने छ।

यसरी एक युगमा एकचोटी देखा परेका कोरोना माहामारिको भबिस्य कसैले देखेको छैन। यसले मानब समुदायलाईत असर गरेकै छ साथ साथै हाम्रो जस्तो कम बिकसित मुलुकको  अर्थतन्त्रमा पनि नराम्ररी असर गरिसकेको छ। यस्तो अवस्थामा राज्य सरकार र जनता मिलेर कोरोना माहमारिसङँ जुद्द्धै अर्थतन्त्र उकास्न आवस्यक पर्ने देखिन्छ।

(विवेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।