टोखा नगरपालिकाले “नागरिक सन्तुस्टी सर्वेक्षण ” गर्ने

टोखा नगरपालिकाले “नागरिक सन्तुस्टी सर्वेक्षण ” गर्ने

कपन अनलाइन 

काठमाडौं ,साउन २।

टोखा नगरपालिकाले “नागरिक सन्तुस्टी सर्वेक्षण ” गर्ने कार्यलाई नीति तथा कार्यक्रममा उल्लेख गर्दै यसको लागि आवस्यक व्यवस्था गर्ने जनाएको छ।

नगरपालिकाले प्रवाह गरेको सेवा ,वडाहरुमा भैरहेको विकास निर्माण ,जनप्रतिनिधि र कर्मचारीहरुको  भूमिका र कार्यसम्पादन आदिका वारेमा अभियान संचालन गरेर जनताको राय लिदै आगामी योजना निर्माण र तथा सेवाको सुधारका लागि “नागरिक सन्तुस्टी सर्वेक्षण” संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

त्यस्तै वडा स्तरमा भएका विकास निर्माण तथा अन्य कार्यको वारेमा नगरवासीलाई जानकारी दिनका लागि सार्वजनिक सुनुवाई गर्ने नीति ल्याएको टोखा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको म्यादी विमा गर्ने कार्यक्रम पनि ल्याएको छ।नगरपालिकाको कार्यसम्पादन गर्ने क्रममा दुर्घटना वा घटना परेको यो विमा सुविधा प्रदान गरिनेछ।

त्यस्तै नगरपालिकाको कार्यसम्पादनलाई चुस्त र छरितो बनाउनक लागि कर्मचारी -जनप्रतिनिधि संबाद कार्यक्रम संचालन गर्ने नीति तय गरेको टोखा नगरपालिकाले सार्वजनिक सेवा प्रवाहमा बिचौलिया अन्त्य गर्नका लागि विभिन्न संघ संस्था संग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

तपाइँको प्रतिक्रिया ।