प्राथमिकतामा नपर्ने तर सामाजिक बिकासका महत्वपुर्ण पाटाहरु
कपन अनलाइन
काठमाडौँ, असार २ । यशराज गौतम स्थानिय तहमा आ.व ०७७/७८ को लागि योजना तथा बजेट तर्जुमाको लहर छ । टोल टोलमा के कस्ता योजनाहरु माग गर्ने भन्ने संवन्धमा छलफल भईरहेको छ । योजना भन्ने बितिक्कै आम समाजको नजरमा बाटो, भवन, पार्क, मन्दिर, खानेपानी, ढल जस्ता भौतिक निर्माण आदि पर्दछन । तर मानव अधिकार, उत्पिडन उत्थान, पारिवारिक सामाजिक सम्बन्ध, स्वास्थ्य, शिक्षा, जनचेतना, वातावरण, रोजगारी, सरसफाई, उत्पादन, संस्कृती, संस्कार जस्ता महत्वपुर्ण मानबिय बिकासका बिषयहरु सधै उपेक्षामा पर्दछन ।जब सम्म भौतिक बिकासको साथ साथै यस्ता मानव बिकासको क्षेत्रमा पनि ध्यान पुराउन सकिँदैन तब सम्म हाम्रो सामाजिक जीवन परिवर्तन आउदैन ।
विश्व अहिले कोरोनाले आक्रन्त छ । यस रोगको उपचार समयमा ननिस्कने हो भने यसलाई आत्मासाथ गर्दै जीवन चलाउनुको कुनै बिकल्प हामी सँग हुने छैन । यदि संसारको कुनै ठाउमा यसको उपचार निस्केछ नै भने पनि हरेक नेपाली परिवार सम्म पुराउने कार्य पनि त्यति सहज छैन । यस अवस्थामा भोलि हुन सक्ने जनधनको क्षतिको बारेमा कसैले आकलन गर्न सकेको छैन । महामारिको प्रत्यक्ष नोक्सानी त छदै छ, अझ त्यस वाट उत्पन्न हुन सक्ने आर्थिक संकट, खाद्य संकट भोकमरी आदिको बारेमा समयमा नै ध्यान पुराउनु जरुरी छ ।
हाम्रा लाखौ युवाहरु बैदेशिक रोजगारीको सिलसिलामा बिदेशिएका छन । भौगोलिक दुरिको कारण लोग्ने र स्वास्नी बिच असमझदारी, अविश्वास, गैर जिम्मेवारी, असन्तुष्टि आदिले गर्दा हजारौ परिवारमा पारिवारिक समस्या उत्पन्न भएको छ । यस्ता किसिमका पारिवारिक कलहको कारण लाखौ मान्छेहरुको जीवन प्रभावित गरेको छ । घरेलु हिंशा, डिप्रेशन, कुलत, आत्महत्या, अंगभंग, मानशिक रोग आदि समस्याहरुले समाज आक्रान्त छ । समाजमा संवन्ध बिच्छेद, सम्पत्ति मुद्दा, कुटपिट, झैझगडा, हिंशाका कैयौं मुद्दा चलिरहेका छन । यस्तो परिस्थितिमा न समाजले सहि बाटो लिन सक्छ, न कसैले सुख र चयनले बाच्न सक्छ । त्यसैले स्थानिय स्तरमा यस्ता जनजिवनका पाटाहरुमा पनि ध्यान जान सक्नु पर्दछ ।
हामी नेपालीहरुको प्रती ब्यक्ती आमदानी अत्यन्त न्यून रहेको छ । औसत जनताहरु गरिविको रेखा मुनि रहेका छन । उनिहरुलाई दैनिक दुई छाक टार्नको लागि धौ धौ छ । ती जनताहरुले चाहेर पनि न आफू राम्रो शिक्षा पाउन सक्छ न आफ्ना सन्ततिलाई हेरचाह रेखदेख गरि सहि मार्ग देखाउन सक्छ । त्यसमाथी परिवारमा कोहि बिरामी पर्यो भने टुलुटुलु हेर्नू बाहेक उनिहरु सँग कुनै बिकल्प हुदैन । तसर्थ त्यस्ता बिपन्न बर्ग उथानको लागि योजनामा ठोस कार्यक्रम र त्यसको उपलब्धिमुलक कार्यान्यन गर्न सक्नु पर्दछ । यसको लागि पारिवारिक स्वास्थ्य बिमा, स्वास्थ्य शिबिर, सरसफाई, प्रौढ शिक्षा जस्ता तालिम जस्ता कार्यक्रम अघाडी बढाउन सकिन्छ ।
बिश्वब्यापी तिब्र संचारको बिकासको कारण हाम्रो नेपालमा पनि सामाजिक संजालको प्रती तिब्र मोह देखिन्छ । साना केटाकेटी देखि बयोबृद्ध समेत सामाजिक संजालमा अभ्यस्त देखिन्छन । तर सामाजिक संजालामा हुने गरेका नकारात्मक कुराहरु, बिसंगती, बिकृती आदिको बारेमा सहि ज्ञान नहुदा हाम्रो समाजमा सकारात्मक कुराले भन्दा नकारात्मक कुराले बढी प्रभावित बनाएको छ । कतिका निजि जिवनका निजि कुराहरु सामाजिक संजालमा प्रकासन गरेको कारण कतिका जिन्दगी बर्बाद भएका छन । गलत र भ्रामक कुराहरुको कारण समाज अशान्त र मानशिक पिडामा रुमल्लिरहेका छन । कतिपय साना साना कुरामा अतिरन्जित भएर समय र आपसी सौहार्द वाट बिचलन भएको पाईन्छ । तसर्थ त्यस संवन्धी भएको सामान्य प्रायासले पनि समाजलाई जोगाउन सकिन्छ ।हाम्रा आफ्नै चाल चलन, रहन सहन, जात जाती, धर्म संस्कृती र पहिचान रहेका छन । यिनै तत्वहरुले हाम्रो समाजलाई मार्गनिर्देश गरेका हुन्छन ।
हाम्रा रिति रिवाज, चाडबाड, जात्रामात्रा आदिले हाम्रो समाजलाई एउटै सुत्रमा बाधेको हुन्छ । आज हाम्रो समाजमा फस्टाएको बाहिरी संस्कृति र देखासिकीको कारण सामाजिक सौहार्दतामा खलल परेको छ । मानिसहरु विभिन्न संस्कृतिमा बिभक्त भएका छन । समाजको एकता टुटेको छ । तसर्थ हाम्रा सदियौ देखिका संस्कृतिलाई जोगाउन सकियो भने समाजमा एकता कायम रहन्छ । तसर्थ बालक देखि बृद्धबृद्धा सम्म प्रभाव हुने किसिमको बिभिद सांस्कृतिक कार्यक्रमहरु योजनामा समेटिनु पर्दछ ।हाम्रा सामुदायिक बिधालय र निजि बिधालय प्रती आम समाजको मुल्यांकन फरक छ । आर्थिक हिसाबले सक्षम ब्यक्तिहरु आफ्ना बालबच्चालाई निजि बिधालयमा पढाउन चाहन्छन र अत्यन्त निम्न आय भएका ब्यक्तिहरुले सामुदायिक बिधालयमा पढाउछन । यसले गर्दा समाजमा हुनेखाने ब्यक्ती र नहुने गरिब बिच ठूलो सामाजिक दुरि पैदा गरेको छ । यसरी आर्थिक बर्गको आधारमा समाज बिखण्डित भयो भने समाज अगाडि बढ्न सक्दैन । तसर्थ यस तर्फ पनि योजना बनाउनेहरुको ध्यान जान जरुरी छ ।
प्राकृतिक जमिन, पाखा कल्यान, कुलो खोल्सालाई आफ्नो अनुकुलता अनुसार आफुखुसी सम्म्याउने, प्लटिङ्ग गर्ने कार्य चरम उत्कर्षमा पुगेको छ । जसको कारण बन पैदावार क्षीण हुँदै जान थालेको छ । खोलाहरु धमाधम पुरिदैछन भने प्राकृतिक खोल्सिहरु बिक्रियोग्य जमिनमा परिणत गरिदै छ । प्रकृति माथिको यस्तो दोहनले गर्दा कुनै पनि ठाउँ बाडी, पहिरो, डुबान लगायतका प्राकृतिक बिपत्तिमा नपर्लान भन्न सकिन्न । साथै सार्वजनिक खुला क्षेत्रहरुमा जथाभावी फ्याकिने प्लास्टिक, बोतल, घरायसी फोहोर लगायतका धातु र बस्तुहरुको कारण बाताबतणमा ठूलो असर परेको छ । त्यसैले यस्ता कार्यलाई सख्तता पुर्बक रोक्नको लागि स्थानिय स्तरमा नै ठोस कार्यक्रम संचालन गर्नुपर्ने देखिएको छ ।तसर्थ बिकास भनेको भौतिक कुराहरुको बिकास मात्र हैनन । यी र यस्तै मानवको जीवन सँग प्रत्यक्ष असर गर्ने कुराहरु पनि हामिलाई अत्यन्त जरुरी छ । यहाँ उल्लेख गरिएका बिषयहरु केही प्रतिनिधि बिषयहरु मात्र हुन । योजना निर्माणमा जुटिरहनु भएका स्थानिय निकायहरुको ध्यान समानान्तर रुपमा यस्ता बिषयहरुमा पुग्न सके मात्र हामिले चाहेको समाज निर्माण हुन सक्दछ ।
(लेखक बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलका स्थाई बासिन्दा एबम सामाजिक अभियन्ता हुन)