घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै काठमाडौं महानगरपालिका वडा नं ७

घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै काठमाडौं महानगरपालिका वडा नं ७

कपन अनलाइन

काठमाडौं ,असार २।

काठमाडौं महानगरपालिका वडा नं ७ ले सामाजिक सुरक्षा भत्ता तथा महानगर विशेष भत्ता सेवाग्राहीको घर घरमै पुगेर वितरण शुरु गरेको छ।कोरोना कोभिड -१९ का कारण लकडाउनमा रहेका जेष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्तिहरुलाई वडा नं ७ का जनप्रतिनिधिहरुले घर घरमै पुगेर भत्ता बुझाउदै आएका छन।

जनतालाई विषम परिस्थितिमा सेवा गर्ने वडाको नीति अनुसार सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउने व्यवस्था मिलाएको वडा अध्यक्ष सुद्द डंगोलले बताएका छन।

जनताको समस्या समाधान जनप्रतिनिधिको प्रमुख दायित्व रहेको भन्दै अध्यक्ष डंगोलले वडा नं ७ ले प्रकोप नियन्त्रण संगै विकास निर्माणका योजनाहरुलाई पनि अगाडी बढाएको जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।