आशा ! (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २१ /शान्ति सापकोटा
ढुङ्गाफोरेर निस्केको
मानवनदी
कोशी–कर्णालीहुँदै
बग्दै बग्दै
पृथ्वी ढाकेर
आकास र धर्ती चहार्दा चहार्दै
युगबितेछ,
मानिसकै आड पाएर
जन्मेका भाइरस
फैलियो जब संसारैभरि
तब
धमीलो बनेको छ मानव सागर
लकडाउनको दलदलमा
कोभिडको लेदो बोकेर
निसास्सिरहेको बेला
आफूलाई सङ्लिने चाहनाले
बाटो मोडेर उर्लँदै छ मानव बाढी
सपनाको उज्यालो तस्वीर हराएको छ
बाँच्ने झीनो आशाबोकेर
जिन्दगीको कुटुरो समाउँदै सम्झेर फर्किँदै छ
आमाको छातीमा
थाह छैन कति संहार हुने हो या
जाजल्यमानहुने हो
धर्तीको जीवन !
टेथिस सागर विलयभएको थियो
र सुन्दर हिमालको जन्मभयो
बादलले अमृत वर्षायो
त्यसैले त निर्मल नदी बने
आशा छ, मानव बाढीको ऊर्जाशीलताले
नयाँप्रकृतिपो उदाउँछ कि
ठूला पत्थर फुटाएर प्रस्फुटन पो हुन्छ कि
विकासको सङ्लो नदी
दुई ढुङ्गा बिचमा…. !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक