कोरोना कहर ! (कविता )

कोरोना कहर ! (कविता )

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १७ /शान्ता दाहाल

वरपर सबैतिर कोरोनाको डर
डराउनु हुँदैन है होहल्लाको भर ।
गोलोगोलो काँडा जस्तो जीवपनि हैन
कतिबेला घोच्छ त्यसले थाहा पाइदैँन ।

घोच्ने मात्र होइन रहेछ शरिर भित्र पस्छ
मुख नाक आँखाहुँदै घाँटीमा त्यो बस्छ ।
जब घाँटी खसखस गर्छ लाग्छ अनिखोकी
याद गरौँ त्यतिबेला कोरोना नै हो कि ।

घाँटी खसखस मात्र होइन ज्वरो पनि आउँछ
सके सम्म कमजोर पार्न मरीमेटी धाउँछ ।
यदी साच्चै रैछ भने जोगिनु नै पर्छ
सरसफाई र आत्मबलले कोरोना चाँहि मर्छ ।

अरुलाई नि सन्देश दिऔँ “डराउनु हुन्न”
कोरोनाको कहरले हामीलाई छुन्न ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।