धतुरेको विश्व भ्रमण ! (कथा )

धतुरेको विश्व भ्रमण ! (कथा )

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १७ /मन्जु  ज्ञवाली

वार्षिक परीक्षा सकिनै लाग्दा छिमेकी मुलुक चीनमा अनौठो रोग कोरोना देखा पर्यो । कोरोना रोगले महामारीको रुप लिँदै बिस्तारै विश्वका बिभिन्न मुलुकलाई त्राहीमाम बनाइरहेको थियो ।

विश्वका विभिन्न मुलुकको भ्रमण गरेर कोरोना केही दिन अगाडि नेपाल आइपुगेको थियो ।टि भी र रेडियोले कोरोनाको कारणले मृत्यु हुनेको सँख्या जोडतोडले फुकिरहेका थिए । कोरोनाको महामारीले विश्व त्राही त्राही भैरहेको थियो । विश्वका शक्तिशाली मुलुकको ध्यान कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने तर्फ थियो । नेपाले पनि आफ्नो देशमा रोग नफैलियोस भनेर थप सतर्कता अपानाएको थियो । सिँगो देशलाई लकडाउन गरको थियो ।
निश्चल र निवेदिकाका बाबा आमा टिभीमा समाचार हेरिरहनुभएको थियो । “बाबा ह्या यो कोरोना समाचार हटाउनु न गेम खेल्छु के !” निश्चलले भन्यो –“कति हेर्नुहुन्छ यो कोरोना समाचार ?बाबा यो कोरोना कहिले जान्छ के ?मलाई त दिक्क लागिसक्यो । त्यस्लाई देख्न पाए त म किचिमिचि पारेर मारिदिन्थेँ !”
स्कुल बन्द हुँदा देशभरिका सबै बालबालिका घर भित्रै थिए । तैपनि ज्ञानी भएर आआफ्नो घरभित्रै बस्ने, पढ्ने, भित्रै खेल्ने चित्र कोर्ने र बेला बेलामा साबुनपानीले हातधुने गरिरहेका थिए । कतिदिन बन्द हुने हो ठेगान थिएन । त्यसैले निश्चललाई कोरोना भन्ने भाइरससँग साह्रै रिस उठेको थियो । उनीहरु घरको आँगन भन्दाबाहिर जानपाएका थिएनन् । साथीसँग खेल्न नपाएर निश्चललाई दिक्क लागिसकेको थियो ।
“हे नकराउन छोरा ! म यहाँ समाचार हेरिरहको छु । जाऊ तिमीहरु उता गएर गेम खेल ।
“के गेम खेल्नु ? क्यारेमबोर्ड खेल्न थाल्यो कि दिदी झेल्ला गर्छे । म त खेल्दिन । निश्चल रिसाउँदै खाटमा घोप्टो परेर सुत्यो । यसरी सुतेको निश्चल एकै छिनमा निदायो ।
“हाई गाइज म धतुरे !” अनौठो खालको आवाजमा कसैले बोलायो । निश्चल र निबेदिका घरको आँगनमा खेलिरहेका थिए । दुबैले चनाखो भएर आवाज आए तिर हेर्दै भने, “धतुरे ! को हो त्यो धतुरे भनेको ?”
“धतुरे” नाम सुन्दा तिमीहरुलाई अनौठो लाग्यो होला हैन ? अनौठो आवाजधारीले भन्यो । दुबैले आश्चर्यचकित  भएर “हो !” भन्दै टाउको हल्लाए ।
“म नेपालमा पाइने धतुरोको फलजस्तै देखिन्छु । त्यसैले मलाई धतुरे पनिभन्ने गर्छन् । मेरो निक नेम हो धतुरे” धतुरेले आँखा चिम्सा पारेर हाँस्दै भन्यो ।
“हेर्दा सुन्दर देखिने यो कस्तो जीव होला?” निश्चलले अचम्म मान्यो ।
धतुरेको जिऊ भरिका काँडा जिरिंग  पारेर हल्लाउँदै भन्यो, “मेरो खास नामभने ‘नोबेल कोरोना’हो । मलाई संसारभरिका मान्छेले ‘कोभिड १९’ पनि भनेर चिन्ने गर्छन् ।”
“कोरोना” को नाम सुन्ने वित्तिकै निबेदिका अलि तर्से जस्तो गरी । निश्चलले ट्वाँ परेर यताउता हेर्यो , ओहो ! कस्तो डरलाग्दो । आँखा पनि कति ठूल्ठूला ! निश्चललाई मन  भित्रभित्रै डर लाग्यो तर डराएको जस्तो भने गरेन ।
“तँ कोरोना नेपालमा पनि आइपुगिस् हैन ? तर तैँले हामीलाई केही गर्न सक्दैनस् बुझिस् । हामीले तँलाई भगाउने उपाय थाहा पाइसक्यौँ, साबुनपानीले मिचिमिचि हात धोए तँ जाबो कोरोना सखाप भैहाल्छस्” निश्चलले आफ्ना दाँत किटिटि पार्दै भन्यो । उसले आफ्ना दुबै हातलाई माडिरहेको थियो ।
“तैले गर्दा मेरो एस इ ई परीक्षा पनि रोकियो । भाइपनि स्कुल जान पाएन । हामीलाई भित्रै थुनेर राख्ने तँ कोरोनालाई त देख्न पाए त म ….!” निवेदिकाले आफ्नो बायाँ हातमा दाँया हातको मुड्की ठोकी ।
निवेदिकाको प्रतिक्रिया देखेर कोरोना मरिमरि हाँस्यो, “हा ! हा ! हा ! मलाई तिमीहरुले सजिलै देख्न सक्दैनौ । म एक निर्जिव भाइरस हुँ । अरु भाइरस भन्दाअलि ठूलो र गरुङ्गो  छु । त्यसैले जुनसुकै बस्तुमा र सतहमा लामो समय सम्म बस्न सक्छु र एक चिजबाट अर्को चिजमा छिटो छिटोे फैलिन सक्छु ।”
“के भो त फैलन सकेर ? तँलाई हामीकुनै पनि चिजमा बस्न दिँदैनौ क्यारे । साबुनपानी र सेनिटाइजरले धोयो भने तँ मरिहाल्छस् । डाक्टर अंकलले भन्नुभएको ।” निश्चलले फुर्ति लाउँदै भन्यो ।
“भो भो धेरै फुर्ति नला फुच्चे । सँसार भरिका मान्छे त्राहीमाम भएका छन् मेरो डरले ? देखेको छैनस् र कसरी एकबाट अर्कोमा सार्दैछु भन्ने ?  हेलचेक्राई  गरिस् भने त ”
“किन नदेख्नु ? देखेका छम । सुनेका पनि छम तर हामी सचेत छम् । के हामीलाई केटाकेटी भनेर हेपेको ?”
निश्चलले रेडियोमा कोरोना भाइरस कसरी सर्छ भन्ने कुरा धेरै पटक सुनेको थियो । यो रोगको लक्षण र रोग लागेमा कसरी बच्ने भन्ने कुरा त उनीहरुलाई स्कुलमा पनि सिकाइएको थियो । त्यो सबै सम्झ्यो र भन्यो, “तँ धतुरेसँग डराएर हैन, तँलाई हराएर हामीले जित्नु पर्छ । बाबाले भन्नुभएको । हो है दिदी !”
निश्चलले ओठ लेब्राउदै  भन्यो । निवेदिकाले टाउको हल्लाउँदै सहमति जनाइन् ।
“कोरोना विशेषगरीे विरामीले । हाछ्यिुँ गर्दा, खोक्दा, हात मिलाउँदा अर्को मान्छेमा सजिलै  सर्न सक्ने भएकोले क्षणभरमै हजारौँ मान्छेमा एकैपटक सँक्रमण फैलाउन सक्छ बुझ्यौ ।”
“हो हो तँ कस्तो छस् भनेर त हामीले टि भीमा देखि सक्यौँ । सँसार भरिका टि भी च्यानलहरुले तेरो रुप देखाईसकेका छन् । शरीर भरि काँडै काँडा भएको भाइरस होस् । तर तँ एकदम कमजोर भाइरस होस् रे डाक्टर अँकलले भन्नुभाको । जाबो कोरोना सोरोनालाई त साबुनपानीले हात मिचिमिचि धोए भने मरिहाल्छस् रे ! ” निश्चलले भन्यो । निश्चलको कुरा सुनेर धतुरे एकैछिन चुपलाग्यो । अनि भन्नथाल्यो,
“हो साबुनपानीले मिचिमिचि हात धोयो भने म पग्हिाल्छु भन्ने धेरैलाई थाहा छ । तर भाई सानो हेलचेक्राइ  गर्यौ भने म एकबाट अर्कोमा छिट्टै फैलन सक्छु । एकैचोटीमा हजारौँमा सँक्रमण फैलाउन सक्छु बाबै ! त्यसैले तिमी यसरी घमण्ड नगर । कत्राकत्रा महाशक्तिशाली देश त्राहीमाम भएको बेला यो फुच्चेले त मसँग जोरी पो खोज्छ । ”धतुरेले झोँक्कीँदै भन्यो ।
“हामीले घमण्ड गरेको होइन धतुरे । तर तिमीले हामीसँग के को रिस पोखिरहेका छौ ? बुझ्न नसकेको कुरा । अनि यहाँ किनआएको भन त ?हामीले के विगार गरेका छौँ र ?” निवेदिकाले बडो दबे दबेको स्वरमा डराउँदै भनी ।
“दुःख मैले दिएको हैन दुःख त तिमी मान्छेहरुले दियौ त्यसैले म मान्छेसँग बदलालिन हिँडेको हुँ ।” बदलालिने कुरा सुनेर दुबैले एक साथ डराउँदै भने, “बदला किन?”
“हो बदला !”
आफूले सुख भोग गर्ने नाउँमा पृथ्वीका अरु प्राणीहरुलाई सँकटमा पार्ने विरुद्ध बदलालिन हिँडेको । गर्यो  । के यो धर्ती मान्छेको मात्रै हो ?
“होइन होइन मान्छेको मात्रै होइन ।” निवेदिकाले टाउको हल्लाउँदै भनिन्, “यो पृथ्वी त सारा प्राणी जीवजन्तु, बनस्पति सबैको साझा हो ।”
“के अरु प्राणीले बाँच्ने अधिकार छैन ?हावामा उड्ने जँगलमा बस्ने पानीमा बस्ने सबैप्राणीलाई सँकटमा पारेर आजआफु मात्र एक्लै बाँच्नखोज्नेलाई बदलानलिई भएन त्यसैले मैले यो महामारीको रुप लिएको हुँ ।
धतुरेको कुराले निश्चल केही डराएको देखिए पनि उसको मनमा कौतुहलता झन बढ्दै गयो “तर कोरोना रोगसँग पृथ्वीको र अरु प्राणीको के सम्बन्ध छ र ?”
“सम्बन्ध छ त्यसैले त भनिरहेको छु । ऊ हेर त धर्ती मातालाई कस्ती विरामी र कमजोर भएकी छन् । आफ्ना सन्तानलाई सुख र खुसीदिने नाममा आफैलाई रित्याएर चाउरिएकी छन् । उनका सबै अँगप्रत्यगंले काम गर्न छोडिसकेका छन् । उनी विर्सन्छिन् आफ्ना हराएका सन्ततीको शोकमा, आँखाधमिला भैसकेका छन् । कानकम सुन्न थालेकी छन् । उनको मुटु त छिया छिया भैसक्यो । किडड्नीले रगत शुद्धिकरण गर्न छाडिसक्यो । उनका हातगोडा गलिसके । यो सबै तिमीहरुले गर्दा भएको हो बुझ्यौ !” धतुरेले खाउँलाझैँ गरेर चर्को अवाजमा कड्कियो ।
“तर …..तर …….धतुरे , हामीले कहाँ पृथ्वीलाई दुःखदिएका छौँ र ?
तिमीहरु मतलब  तिमीलाई मात्र  भनेको हैन । यो पृथ्वीभरिका सारा मान्छेलाई  भनेको । आफ्नो राष्ट्र शक्तिशाली भएको घमण्ड देखाउन , मिसाइल र तोप बनाएर तर्साउने ? सबैभन्दा शक्तिवान बन्ने होडबाजीको चेपुवामा विचरा पृथ्वीका सार प्राणीलाई सँकटमा पारेर अरु प्राणीको बाँच्ने अधिकार खोस्ने ।

आफुमात्रै बाँचु म भन्नेलाई एकपटक यो चेत खुवाउनपनि मैले यो महामारीको रुप लिएको हुँ । मान्छेले यो धर्ती आफ्नो मात्रै हो भन्ने ठान्यो । धर्तीको उपभोग गर्ने नाममा किरा मकोडा जे भेटे पनिखायो । पानी मुनी हावामाथि जहाँ पनि महल ठड्यायो र धर्तीलाई नै कुरुप बनायो । तैपनि पृथ्वीले सही राखिन् । आफु सँकटमा पर्दा पनि निरीह भएर बसेको मैले देख्न सकिन । त्यसैले जहाँजहाँ जस जसले धर्तीलाई दुःख दिन तम्से त्यहीँबाट सुरु गरेको हुँ यो महामारीको बितण्डा मच्चाउन । बुझि राख नानीबाबु हो ! यो सबैको साझा पृथ्वी हो । यसलाई जोगाउन तिमीहरु लाग्नुपर्छ नत्र ……….सकिनेछ संसार ।” धतुरेले गम्भिर हुँदै भन्यो, “जब जब यो धर्तीमा अत्याचार बढ्छ तब तब म त्यसलाई समन गर्न अर्को रुप लिएर प्रकट हुनेछु ।”
“ओहो ! कुरा तेसो पो रहेछ । त्यसो भए तिमीले हामीलाई पनि मार्छौ ? तर हामीले त केही विगार गरेका छैनौ नि …..!” “हो अत्याचार बढेपछि बाध्य भएर यो रुप लिएको हुँ । तर धन्दा नमान बेलैमा सचेत भयौ भने बाँच्न सक्छौ । के तिमी यो कुरा तिमीले दुनियाँलाई बुझाउन सक्छौ ?”
“ओहो धतुरे तिमीले त आज बडो राम्रो कुरा पो गर्यो । हामे साइन्स सरले पनि बेला बेलामा भन्नुहुन्थ्यो । मानिसको कारणले वातावरणमा प्रदुषण बढ्दा पृथ्वीलाई जोरो आएको कथा त सुनाउनुभएको थियो । तर आज तिमीले धेरै कुरा पो सिकायौ त । धन्यवाद छ धतुरे तिमीलाई ।” निवेदिकाले हाँस्दै भनिन् ।
“सक्छौँ ! सक्छौँ । किन नसक्ने ? हामी आजैदेखि सबैलाई बोलेर , लेखेर, सामजिक सञ्जालमार्फत सबैतिर भनेर यो अभियानलाई अघि बढाउँछौँ तिमी धन्दा नमान । ” निश्चल एकोहोरो सक्छौँ । सक्छौँ भन्दै चिच्याइरहेको थियो ।
“निश्चल ! निश्चल ! कति सुतेको ? उठ खाजाखाने बेला भैसक्यो । कत्ति सुतेको ?आमाले निश्चललाई झक्झक्याउँदै बोलाउनुभयो । निश्चलआमाको चर्को आवजले व्युँझियो । ओहो यो कस्तो सपना? के धतुरेले भनेको साँचो हो त ? ऊ सोचमग्नभएर बाथरुमतिर छिर्यो ।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।