कोरोना जितेर फर्किए गोकर्णेश्वर -४ का संक्रमित

कोरोना जितेर फर्किए गोकर्णेश्वर -४ का संक्रमित

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १६।

गोकर्णेश्वर नगरपालिका वडा -४ किसिगालका कोरोना संक्रमित कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका छन। गत बैशाख २७ गते भैरहवाबाट काठमाडौं आएका उनको परिक्षण गर्दा कोरोना संक्रमण देखिए संगै पाटन अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनको तिन पटक सम्मको PCR र अन्य आवस्यक परिक्षण पस्चात स्वास्थ्य अवस्था ठिक पाइए पछि डिस्चार्ज गरिएको हो। कोरोना संक्रमण देखिए संगै ति संक्रमित ब्यक्तिका परिवार र सम्पर्क रहेका ब्यक्तिहरुको पनि परिक्षण गरिएको थियो।

कोरोना जितेर फर्किएका उनले कोरोना संक्रमण देखिने वित्तिकै पुरै मृत्यु नै भए जसरी प्रचार गरिनु र संक्रमितका परिवार र अन्य ब्यक्तिहरुको मनोवल कमजोर हुने गरेर ब्यवहार गर्नु सहि नभएको भन्दै यस्तो समयमा सकारात्मक ब्यवहार र सोच आवस्यक पर्ने महसुस गरेको बताएका छन।

आइसोलेसनमा बस्दा र अन्य समयमामा पनि आत्मबललाई दह्रो बनाउनु पर्ने बताउदै उनले आफुलाइ शुभकामना दिने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन।

यो पनि पढ्नुहोस :

गोकर्णेश्वर -४ का संक्रमित भन्छन ” म स्वस्थ छु, चाडै फर्कन्छु”

तपाइँको प्रतिक्रिया ।