गोकर्णेश्वर -४ का संक्रमित भन्छन ” म स्वस्थ छु, चाडै फर्कन्छु”
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १५।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ का कोरोना संक्रमित व्यक्तिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र चाडै फकर्ने बताएका छन।पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेका उनले कपन अनलाइन संगको टेलिफोन कुराकानीमा आफ्नो दुई पटक भएको परिक्षणमा नेगेटिभ रिपोर्ट आएको बताउदै आफु चाडै फर्कने बताएका हुन्।
गत बैशाख २७ गते भैरहवा बाट काठमाडौं फर्किएका उनले आफु संगै आएका व्यक्तिहरुमा संक्रमण देखिए संगै वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठको पहल र परामर्शमा परिक्षण गराएको र अहिले स्वास्थ्य ठिक रहेको बताउदै उनले आफ्नो परिवारका सदस्यहरुको PCR नतिजा नेगेटिभ आएको जानकारी दिएका छन।
आइसोलेसनमा रहेका उनले अहिले सुगर,प्रेसर जस्ता कुनै पनि समस्या नभएकोले तेश्रो परिक्षणको नतिजा पश्चात कोरोना जितेर फर्कने विस्वास व्यक्त गर्दै आफ्नो स्वास्थ्य लाभको कामना गर्ने आफन्त ,सहयात्री ,मित्रजन लगायतका सबै महानुभावहरुलाई धन्यवाद दिएका छन।
आफ्नो सम्पर्कमा आएका सबैको परिक्षण भएको सुचना प्राप्त भएकोमा खुसि लागेको भन्दै उनले दरिलो आत्मबल सहित सावधानी पुर्वक प्रकोप संग लड्न सबै वडावासिमा अपिल गरेका छन।
कपन अनलाइन संगको कुराकानीमा निकै सहज र सकारात्मक भाव सहित प्रस्तुत भएका उनले संक्रमण हुदैमा यसले मृत्यु नै हुन्छ भन्ने गलत मान्यता राखेर त्रसित नहुन आग्रह गरेका छन।
यस्तो समयमा सकारात्मक व्यवहार र सामाजिक सदभावले संक्रमित र उनको परिवारको मनोवल बढाउनु पर्ने महसुस गरेको बताउदै उनले आफु फर्केर यहि सन्देस प्रवाह गर्न सक्रिय हुने सन्देस दिएका छन।